जेनजी आन्दोलनपछि चार पूर्वप्रधानमन्त्री एकै मञ्चमा
सारांश
- जेनजी आन्दोलनपछि चार पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल र झलनाथ खनाल एकै मञ्चमा आउने भएका छन् ।
- मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा उनीहरूले 'नेपालको कम्युनिस्ट आन्दोलन र मदन भण्डारी विषयक विचार गोष्ठी तथा पुरस्कार वितरण समारोह' मा एकै मञ्च सेयर गर्नेछन् ।
- कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथि रहनेछिन् ।
काठमाडौँ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि पूर्वप्रधानमन्त्रीहरु केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल र झलनाथ खनाल एउटै मञ्चमा देखिने भएका छन् ।
यो संयोग जुराइदिएको हो–मदन भण्डारी फाउन्डेसनले । असार १४ गते आइतबार मदन भण्डारीको ७५ औँ जन्मोत्सवको अवसरमा मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा चार पूर्वप्रधानमन्त्री एकै मञ्चमा भेटिने फाउन्डेसनले जनाएको छ ।
फाउन्डेसनले काठमाडौँको राष्ट्रिय सभागृहमा आयोजना गर्न लागेको ‘नेपालको कम्युनिस्ट आन्दोलन र मदन भण्डारी विषयक विचार गोष्ठी तथा पुरस्कार वितरण समारोह’मा ओली, प्रचण्ड, नेपाल र खनालले एउटै मञ्च सेयर गर्न लागेका हुन् ।
उक्त कार्यक्रममा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पनि सहभागी हुनेछन् । २०५० जेठ ३ को दासढुङ्गा दुर्घटनामा बितेका जीवराज आश्रितसँगै बितेका तत्कालीन एमाले महासचिव मदन भण्डारीको पर्सि असार १४ गते ७५ औँ जन्मजयन्ती हो ।
जन्म जयन्तीका अवसरमा मदनबारे नेताहरूले चर्चा गर्नुका साथै पुरस्कार वितरण गरिने कार्यक्रम रहेको छ । कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथि रहनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजमार्गमा भएका अतिक्रमण हटाउन निर्देशन
-
सर्वोच्च अदालतले इजलासको ‘लाइभ स्ट्रिमिङ’का लागि कार्यविधि बनाउँदै
-
विश्वकपको नकआउट समीकरण : अघिल्लो चरणमा पुग्न कसलाई कस्तो नतिजा आवश्यक छ?
-
साउनदेखि ट्राफिक कारबाहीमा कडाइ
-
नेपाली सेनासँग सशङ्कित, ‘सुपर पावर’ ले चलाएको सङ्केत
-
राजेन्द्र राईले भने, ‘नेतृत्वले भुइँतहको वास्तविकता सही रूपमा बुझ्न सक्नुपर्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण