कविता : आऊ संगै बसौं
शनिबार, ०७ माघ २०७९, ०८ : ३९

तिम्रो कथा
मेरो कथा
उनीहरूको कथा
उस्तै नहोला
तिम्रो ब्यथा
मेरो ब्यथा
उनीहरूको ब्यथा
उस्तै नहोला
तिम्रो भावना
मेरो भावना
उनीहरुको भावना
उस्तै नहोला
तिम्रो सोच
मेरो सोच
उनीहरूको सोच पनि
उस्तै नहोला
आऊ संगै बसेर
कुरा गरौं
बारम्बार कुरा गरौं
एउटा निश्कर्ष खोजौं
एकमतमा पुगौं
किन बस्दैछौं हामी
उस्तै भएर पनि छुट्टै
मिल्छ भने कथा, ब्यथा
मिल्छ भने भावना, सोच
निश्कर्षको लागि
आऊ संगै बसौं ।
आऊ संगै बसौं ।।
महालक्ष्मी नगरपालिका, ललितपुर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पप गायिका टेलर स्विफ्टप्रति ट्रम्प किन आक्रोशित ?
-
सगरमाथा संवाद २०२५ सम्पन्न : २५ बुँदे घोषणापत्र जारी
-
अस्कल क्याम्पस वरिपरि आपत्तिजनक सामग्रीको विज्ञापन गर्न नपाइने
-
पेसीको जानकारी पत्रमा रवि र छविको हस्ताक्षर नभएपछि सुनुवाइ स्थगित
-
वाणिज्य विभागले गरिरहेको अनुगमनप्रति निजी विद्यालयहरूको आपत्ति
-
एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी