हराएको खुशी
शिशिरले नंग्याएको बूढो रुखको डालीमा
भर्खरै पालुवा पलाउँदै गरेको समय
हिउँको ओड्ने फालेर
आङ तन्काउँदै गरेको पहाडमा
हरियाली उम्रिन लाग्दै गरेको बखत
एक दिन थियो ।
प्रतिपदाको रात
आधा अधुरो सपनालाई
अवोध बिहानीको बार्दलीमा टाँगेर
बलिदानले छट्पटी रहेको सम्झना
आधा खाली ओच्छ्यानको बाटो हुँदै
यादले ओस्सिएको
ओसिलो मनको भित्तामा
तस्विर बनेर टाँस्सिन आयो ।
सनाखत हुन बाँकी रहेको
अपरिचित छायाँ सँगै भित्रियो
बिति गएको वर्षहरुमा जस्तै
मेरो हराएको खुशी
मुस्कानसहितको खुशी बाँड्दै हिँड्ने
यात्रामा जात्रामा
हटिया मेलामा, सौतेनी हेलामा
निजीकरण गरेको निजी जिन्दगीहरुमा
मन्दिर, चैत्य, गुरुद्वारादेखि गुम्बामा
रातको जुनेलीमा
अस्थिर अस्थायी मनको तरेलीमा
उदास साँझहरुमा
कचल्टेको सपनाहरुमा
विपत्तिले छोपेको विपनाहरुमा
विना सर्त
विना कारण
आउँथ्यो अनि जान्थ्यो
मेरो हराएको खुशी ।
वर्षौ भयो खुशीको तलासमा
तक्दिरलाई तमासा बनाएर बाँचेको
कसैको बाडुली नबनेर
कसैको हाल खबर सोधाइमा नपरेर
रित्तिदै रित्तिनु बनेको छ मेरो नियति
घात र आघातको हुरीले
चर चर भएर चर्किएको छ छाती ।
कारण बिना टाढिएका छन् ।
थुप्रै अनगिन्ती साथी
देउता बिनाको मन्दिरजस्तै
झरी बिनाको हातमा बोकेको
छाताजस्तै
झर्दै खस्दै, लड्दै, उठदै
नसम्झिनेहरुको सम्झना बन्दै
आँसु बटुल्दै
उमङ्ग, उधारो किस्ता किस्तामा किन्दै
खोजी गर्दैछु
मेरो हराएको खुशी ।
पाँचखाल, काभ्रे
हालः लिमासोल, साईप्रस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण