२५ वर्षअघिको एमाले विभाजनमा आफ्नो भूमिका नरहेको रामचन्द्र पौडेलको दाबी
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्व सभामुख रामचन्द्र पौडेलले २०५४ सालमा भएको एमाले विभाजनमा आफ्नो कुनै भूमिका नभएको बताएका छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा नवनिर्वाचित सभामुख र उपसभामुखलाई बधाई दिने क्रममा उनले प्रष्टिकरण दिएका हुन् । महाकाली सन्धिको पक्ष र विपक्षमा रहेका एमालेकै कारण पार्टी फुटेपनि त्यसको दोष आफूलाई लगाइएको नेता पौडेलले गुनासो गरे ।
यसअघिको प्रतिनिधि सभाको बैठकमा एमाले सांसद कृष्णगोपाल श्रेष्ठले तत्कालीन सभामुखको कारणले एमाले फुटेको बताएका थिए । श्रेष्ठले संसदमा उठाएका सो कुराको जवाफ दिँदै पौडेलले भने‘,सभामुख एमाले विभाजन ग¥यो भनेर यहीँ अस्ति मेलै सुनेँ । एमाले विभाजन किन भयो ? सबैलाई थाहा छ । महाकाली सन्धिले विभाजन ग¥यो । महाकाली सन्धि पास भयो भने पश्चिमबाट सूर्य उदाउँछ भन्ने एउटा पक्ष । महाकाली सन्धि पास भयो भने राष्ट्रघात हुन्छ भन्ने अर्को पर्छ । यही कारणले एमाले विभाजन भयो । म कहाँ दुइटा विभाजन भए र मकहाँ दर्ता गर्न आए । दर्ता गर्न आएपछि त्यो बेला मैले राप्रपालाई पनि अहिले लोकतन्त्र कलिलो छ । लोकतन्त्र कलिलो भएको भएको बेला पार्टी नफुटाउनुस् भनेर सुझाव दिएको थिएँ । मैले एमालेका सदस्यहरूलाई पनि त्यही कुरा भनेँ । अलि सोच्नुस्, तत्काल म तपाईँहरूको यो पत्र दर्ता गर्दिन भनेँ ।’
उनले आफ्नो सुदूरपश्चिममा कार्यक्रम छ । तपाईँहरूको त्यस बेलासम्म सोच्नुस् भनेर सुदूरपश्चिम गएको बताउँदै उनले कर्णालीको पुलमा पुगेपछि उच्च अधिकारीले काठमाडौं फर्कन बोलाएको स्मरण गरे । कसैले पार्टी फोर्नु छ भने काठमाडौं आउँदिन भनेर धनगढी गएको तर त्यहीँ लिन हेलिकोप्टर आएपछि बाध्य भएर आफूकाठमाडौंआएको तर एमाले फोर्न हेलिकोप्टर चढेर आयो भनेर आरोप लगाएको बताए ।
काठमाडौं आएपछि एकजना सदस्यको नाम छुटेछ भनेर आफूलाई भन्न आएको तर आफूले तपाईँहरूले जति सदस्य बुझाउनुभएको छ त्यसभन्दा बढी आफूले थप्न नसक्ने बताएको पौडेलले स्मरण गरे । तपाईँहरू पार्टी नफुटाउनु भन्दा अहिलेसम्म आफूलाई आरोप लगाएको भन्दै सभामुखले यस्ता कुराहरूको पनि सामना गरेर जानुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण