जुम्लामा ज्येष्ठ नागरिकलाई कम्बल वितरण

जुम्ला । जिल्ला प्रशासन कार्यालयले जुम्लामा हिमपात पूर्वतयारी थालनी गर्नुका साथै प्रभावित ज्येष्ठ नागरिकलाई न्यानो वितरण अभियान शुरु भएको छ ।
चिसो बढ्दै गएपछि जेष्ठ नागरिकलाई राहत स्वरुप न्यानो कपडा वितरण गरिनेछ। जसअनुसार पहिलो दिन ६ जना जेष्ठ नागरिकलाई कम्बल वितरण गरिएको प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीले बताए । चन्दननाथ नगरपालिका ५ का पुर्णबहादुर खत्री, खड्ध्वज खाण, चन्ननाथ १ का भक्त बहादुर थ्याईत, तातोपानी गाउँपालिका २ हंस डागी चन्दननाथ १० का लक्ष्मीप्रसाद देवकोटा र गुठिचौर गाउँपालिका ५ का मिम भण्डारीलाई वितरण गरिएको हो ।
उनका अनुसार १ नगरपालिका र ७ गाउँपालिकाका जम्मा ३ सय बढी जेष्ठनागरिकलाई न्यानो कम्बल र ज्याकेट वितरण गरिनेछ । जेष्ठ नागरिक संघ जुम्लाको सिफारिसमा छनौट भएका विपन्न, घरबाट अलगिएका जेष्ठ नागरिकलाई प्राथमिकताका आधारमा ज्याकेट र कम्बल वितरण गरिने नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कुन देशको मुद्राको मूल्य कति ?
-
बालाजु र नागार्जुनमा मेलम्चीको पानी वितरण विस्तार
-
माध्यामिक तहमा स्वास्थ्य विषयलाई अनिवार्य बनाउन माग
-
काठमाडौँसहित देशका विभिन्न क्षेत्रमा हावाहुरी र वर्षा
-
शान्तिका लागि तयार नभएसम्म राष्ट्रपति पुटिनमाथि दबाब बढाइन्छ : युरोपेली सङ्घ प्रमुख
-
आईसीसी विश्वकप लिग २ शृंखला : एकदिवसीय अभ्यास खेलमा नेपालको जित