कैलालीबाट खैरो हेरोइन सहित एक जना पक्राउ
विहीबार, १२ माघ २०७९, १३ : ३८

कैलाली। लागुऔषध खैरो हेरोइन सहित प्रहरीले कैलालीको लम्कीचुहाबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका–३ चिसापानी घर भएका ४० वर्षीय विजय मल्ल छन् ।
आरोपीको साथबाट ३२ ग्राम ५९० मिलिग्राम लागु औषध खैरो हेरोइन बरामद गरिएको इलाका प्रहरी कार्यालय लम्कीचुहाका इन्स्पेक्टर शङ्कर खड्काले रातोपाटीलाई बताए ।
इन्स्पेक्टर खड्का नेतृत्वको टोलीले उनलाई लम्कीचुहा नगरपालिका–१ स्थित राजपुर स्थित लम्की–टिकापुर सडक खण्डबाट पक्राउ गरेको हो । चेकजाँच गर्दा उनको साथमा खैरो हेरोइन भेटिएको थियो । उनीमाथि लागु औषध मुद्दामा अनुसन्धान भइरहेको इन्स्पेक्टर खड्काले बताए ।