अभिषेक गिरीको सरुवा हुने आदेश, सरुवाको निर्णयविरुद्ध गएका थिए अदालत
विराटनगर । कारागारका चौकीदार अभिषेक गिरीलाई मोरङ कारागारबाट मकवानपुरमा सरुवा गर्ने विषयमा कारागार व्यवस्थापन विभागले गरेको निर्णय कार्यान्वयन हुने भएको छ ।
गिरीले विभागको उक्त निर्णयविरुद्ध उच्च अदालत विराटनगरमा मुद्दा दर्ता गराएका थिए । उच्चले भने सरुवा कार्यान्वयन गराउन आदेश गरेको छ । उच्च अदालत विराटनगरका न्यायाधीशद्वय राम बहादुर थापा र मिलन कुमार राईको संयुक्त इजालसले यस्तो आदेश दिएको हो ।
कैद भुक्तान सकिन लाग्दा गिरीलाई कारागार व्यवस्थापन विभागले मकवानपुर कारागार स्थानान्तरण गरेको थियो । उक्त निर्णय गैरकानुनी भएको भन्दै ३ माघमा गिरीले उच्च अदालत विराटनगरमा सरुवा बदर गरिपाऊ भन्दै ‘उत्प्रेषण परमादेश’को माग राख्दै रिट हालेका थिए ।
अपहरण तथा शरीर बन्धक मुद्दामा कैद भुक्तान गर्दै आएका गिरीको फागुन ३ गते कैद भुक्तान सकिँदै छ । गिरीलाई २०७८ मङ्सिर ९ गते मोरङ कारागारमा चौकीदारको रूपमा ल्याइएको थियो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण