अभिषेक गिरीको सरुवा हुने आदेश, सरुवाको निर्णयविरुद्ध गएका थिए अदालत
विराटनगर । कारागारका चौकीदार अभिषेक गिरीलाई मोरङ कारागारबाट मकवानपुरमा सरुवा गर्ने विषयमा कारागार व्यवस्थापन विभागले गरेको निर्णय कार्यान्वयन हुने भएको छ ।
गिरीले विभागको उक्त निर्णयविरुद्ध उच्च अदालत विराटनगरमा मुद्दा दर्ता गराएका थिए । उच्चले भने सरुवा कार्यान्वयन गराउन आदेश गरेको छ । उच्च अदालत विराटनगरका न्यायाधीशद्वय राम बहादुर थापा र मिलन कुमार राईको संयुक्त इजालसले यस्तो आदेश दिएको हो ।
कैद भुक्तान सकिन लाग्दा गिरीलाई कारागार व्यवस्थापन विभागले मकवानपुर कारागार स्थानान्तरण गरेको थियो । उक्त निर्णय गैरकानुनी भएको भन्दै ३ माघमा गिरीले उच्च अदालत विराटनगरमा सरुवा बदर गरिपाऊ भन्दै ‘उत्प्रेषण परमादेश’को माग राख्दै रिट हालेका थिए ।
अपहरण तथा शरीर बन्धक मुद्दामा कैद भुक्तान गर्दै आएका गिरीको फागुन ३ गते कैद भुक्तान सकिँदै छ । गिरीलाई २०७८ मङ्सिर ९ गते मोरङ कारागारमा चौकीदारको रूपमा ल्याइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलाम र बझाङ उपनिर्वाचनको मध्यरातको मतपरिणाम : कसको कति मत ?
-
बझाङको ताजा मतपरिणाम : एमालेका उम्मेदवार थोरै मतान्तरले अगाडि
-
इलाम २ मा सुहाङले ५ हजार मत कटाउँदा कसले कति पाए ?
-
गोठाटार घटनाका मुख्य योजनाकारमाथि प्रहरीले गोली चलायो
-
इलाम २ मतगणना : यस्तो छ पछिल्लो मतपरिणाम, कसको कति मत ?
-
बझाङमा एमाले उम्मेदवारको ५ सय मतको अग्रता, कसले कति मत ल्याए ?