भारतद्वारा १७ पाकिस्तानी बन्दीलाई रिहा
शुक्रबार, १३ माघ २०७९, २१ : १९

नयाँ दिल्ली । भारतले जेल सजाय पूरा गरेका १७ जना पाकिस्तानी नागरिकलाई शुक्रबार रिहा गरेको छ । नयाँ दिल्लीस्थित पाकिस्तानी उच्चायोगले यसबारे पुष्टि गरेको छ।
उनीहरूलाई अटारी-वाघा सीमानाबाट रिहा गरिएको थियो । सो सीमाना भारतको उत्तरी राज्य पञ्जाबको छेउ अवस्थित छ ।
'हाम्रा प्रयासहरू भारतबाट सबै पाकिस्तानी कैदीहरूलाई उनीहरूको सजाय पूरा भएपछि स्वदेश फिर्ता गर्न जारी रहनेछ,' पाकिस्तानी उच्चायोगले ट्वीटमा उल्लेख गरेको छ। (रासस-सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रामा यादव स्मृति’ पत्रकारिता पुरस्कारबाट रातोपाटीकर्मी सहित २ जना सम्मानित
-
वीरगन्जमा जसपा नेपालको खबरदारी सभा,परिसंघको संघर्षका कार्यक्रम सार्वजनिक
-
रेशम चौधरीले जब आमासँग राजनीति छाड्ने प्रस्ताव राखे...!
-
फ्लिकले कसरी ‘फुच्चे केटाहरू’ को टोलीलाई च्याम्पियन बनाए ?
-
माओवादी जनताको बलमा सत्तामा पुगेको हो : अध्यक्ष दाहाल
-
मदन–आश्रित हत्याकाण्डको छानबिन हुनुपर्छ : माधव नेपाल