बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

मुटु रोग सम्बन्धीका सेवाहरूलाई विकेन्द्रीकरण गर्न जरुरी छ : राज्यमन्त्री कार्की

आइतबार, १५ माघ २०७९, १२ : ०७
आइतबार, १५ माघ २०७९

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा. तोषिमा कार्कीले गङ्गालाल अस्पतालका मुटु रोग सम्बन्धीका सेवाहरूलाई विकेन्द्रीकरण गर्न आवश्यक रहेको बताएकी छिन् । 

आज शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको २७ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले अस्पतालका सेवाहरूलाई विकेन्द्रीकरण गरी प्रादेशिक स्तरमा पुर्याउनु अति आवश्यक देखिएको बताइन् । उनले गङ्गालाल अस्पतालका संस्थाहरू प्रादेशिक अस्पतालमा सेवा युनिटको रूपमा स्थापना सरकारले पहल गर्ने पनि बताइन् ।

१५ वर्ष मुनिका बालबालिका र ज्येष्ठ नागरिकको हकमा निःशुल्क सर्जरी सेवा र स्वास्थ्य बीमा कार्यक्रमलाई विस्तारित गर्दै सम्पूर्ण रूपमा हरेक नागरिकले अनुभूत गर्ने गरी मुटु रोग उपचार शल्यक्रियालाई निःशुल्क बनाउने अभियान चलाउनुपर्ने उनले बताइन् । 

स्वास्थ्य राज्यमन्त्री कार्कीले नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको सुनिश्चितता दिने कुरामा सरकार सदैव साथमा रहने बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप