मुटु रोग सम्बन्धीका सेवाहरूलाई विकेन्द्रीकरण गर्न जरुरी छ : राज्यमन्त्री कार्की
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा. तोषिमा कार्कीले गङ्गालाल अस्पतालका मुटु रोग सम्बन्धीका सेवाहरूलाई विकेन्द्रीकरण गर्न आवश्यक रहेको बताएकी छिन् ।
आज शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको २७ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले अस्पतालका सेवाहरूलाई विकेन्द्रीकरण गरी प्रादेशिक स्तरमा पुर्याउनु अति आवश्यक देखिएको बताइन् । उनले गङ्गालाल अस्पतालका संस्थाहरू प्रादेशिक अस्पतालमा सेवा युनिटको रूपमा स्थापना सरकारले पहल गर्ने पनि बताइन् ।
१५ वर्ष मुनिका बालबालिका र ज्येष्ठ नागरिकको हकमा निःशुल्क सर्जरी सेवा र स्वास्थ्य बीमा कार्यक्रमलाई विस्तारित गर्दै सम्पूर्ण रूपमा हरेक नागरिकले अनुभूत गर्ने गरी मुटु रोग उपचार शल्यक्रियालाई निःशुल्क बनाउने अभियान चलाउनुपर्ने उनले बताइन् ।
स्वास्थ्य राज्यमन्त्री कार्कीले नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको सुनिश्चितता दिने कुरामा सरकार सदैव साथमा रहने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल
-
घानामाथि क्रोएसियाको रोमाञ्चक जित, इङ्गल्याण्ड र क्रोएसियासँगै घाना पनि अन्तिम ३२ मा !
-
विकट बस्तीमा निःशुल्क आँखा शिविर
-
पानामा र इङ्गल्याण्डबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
पहिलो हाफमा घानाविरुद्ध क्रोएसिया १–० ले अगाडि
-
घानाविरुद्ध क्रोएसियालाई महत्त्वपूर्ण अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण