शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

२०८० सालको शैक्षिक शत्र वैशाख १ गतेदेखि सुरु हुने

आइतबार, १५ माघ २०७९, १३ : ३४
आइतबार, १५ माघ २०७९

काठमाडौँ । आगामी २०८० को विद्यालय तहको शैक्षिक सत्र वैशाख १ गतेदेखि सुरु हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी २०८० को विद्यालय तहको शैक्षिक शत्र वैशाख १ गते प्रारम्भ भई चैत मसान्तसम्म कायम हुने निर्णय गरेको हो । कतिपय जिल्ला तथा विद्यालयहरूबाट शैक्षिक शत्र कहिलेदेखि शुरू हुने भनेर शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा जिज्ञासा राख्दै आएका थिए । शिक्षा नियमावली, २०५९, (संशोधनसहित) को नियम ८४ (१) बमोजिम ६ माघमा मन्त्रीस्तरीय निर्णयले वैशाख १ गतेदेखि शुरू गर्ने निर्णय गरेको हो । 

केन्द्रले ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाईलाई परिपत्र गर्दै सोही निर्णयको आधारमा स्थानीय तहमार्फत विद्यालयमा जानकारी गराई कार्यान्वयनमा सहजीकरण गर्न अनुरोध गरेको छ ।  चालू शैक्षिक शत्र असार १ गतेदेखि सुरू भएको थियो । हरेक वर्ष बैशाख महिनादेखि नयाँ शैक्षिक शत्र सुरु हुनुपर्नेमा कोरोना महामारीका कारण शैक्षिक सत्र पर धकेलिएको थियो । कोरोना महामारीका कारण जारी गरिएको निषेधाज्ञाका कारण असार १ गतेदेखि शैक्षित्र शत्र सुरू गरिएको थियो । चालु शैक्षिक शत्रमा असारबाट शैक्षिक सत्र सुरू भएकोमा २०८० मा कहिलेबाट सुरू हुन्छ भन्नेमा कतिपय विद्यालयमा अन्यौलता कायम थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप