ब्याजदर घटाउन र मुद्दती खाता नियन्त्रण हुनुपर्ने व्यवसायीको माग
रुपन्देही । ब्याजदर घटाउन र मुद्दती खाता नियन्त्रण हुनुपर्ने माग यहाँका व्यवसायीले गरेका छन् । बैंक तथा वित्तीय संस्थाहरूमा मुद्दती खातामा रकम जम्मा गर्ने बढ्दो दरले अर्थतन्त्रमा नकारात्मक असर परेको र बैंकिङ तरलता अभाव बढेको भन्दै यसलाई कडाइका साथ नियन्त्रण गर्न उद्योगी व्यापारीले माग गरेका हुन् । उद्योग व्यापार सङ्घ बुटवलले नेपाल राष्ट्र बैंकलाई अनुरोध पत्र पठाउँदै मुद्दती निक्षेप नियन्त्रण गर्न र ब्याज दर घटाउन माग गरेको हो ।
संघका अध्यक्ष गोविन्दराज गैरे र महासचिव पदम जिसीद्वारा जारी विज्ञप्तिमा बैंक तथा वित्तीय संस्थाहरूले बढी ब्याज दिएर मुद्दती निक्षेपमा ठुलो मात्रामा रकम जम्मा गराउने प्रवृत्तिले उद्योग व्यवसायमा लगानी हुन छाडेको, बजारमा बैङ्किङ तरलता अभाव भएको र कर्जाको चर्को ब्याजदरले उद्योगी व्यापारीहरू मर्कामा परी कयौँ धराशायी भएका र कतिपयले आत्महत्यासम्म गरेकाले राष्ट्र बैंकको ध्यानाकर्षण गराइएको छ ।
‘बैंकका कर्मचारीहरुले कर्जा लिएर उद्योग, व्यवसाय संचालन गरिरहेका उद्योगी व्यवसायीहरूलाई प्रत्यक्ष, फोन, म्यासेज मार्फत ब्याज र किस्ता तिर्न मानसिक दबाब दिने कार्यले उद्योगी, व्यापारीहरू तनावले ग्रसित भई आत्महत्या समेत गरिसकेको अवस्था सिर्जना भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘उद्योग व्यवसाय चलायमान हुन नसकेमा देशको अर्थतन्त्र पनि धराशायी हुने निश्चित छ, हालको परिस्थितिलाई मध्यनजर गरी अपाङ्ग, असहाय, एकल महिला, वृद्धहरूका लागि मात्र मुद्दती खातामा निक्षेप जम्मा गर्न पाउनुपर्ने र अन्यलाई निरुत्साहित गर्दै गर्नै परे अति न्यून ब्याज दरमा मात्रै मुद्दती खातामा निक्षेप जम्मा गर्न पाइने नियम लागु गर्न राष्ट्र बैंकको ध्यानाकर्षण गराउँछ ।’
व्याज दर घटाउने र मुद्दती खाता नियन्त्रण हुनुपर्ने माग छिटो भन्दा छिटो सम्बोधन नभए रुपन्देहीमा रहेका व्यावसायिक सङ्घसंस्था, उद्योगी, व्यवसायी बुटवल देखि केन्द्रसम्म व्यवसाय नै बन्द गरी चरणबद्ध आन्दोलनमा उत्रन तयारी अवस्थामा रहको चेतावनी संघले दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
-
तीन मौसमी वायुको असर : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण