यस्तो छ ‘छक्कापञ्जा ४’ को पहिलो गीत ‘दर्शन सलाम’

काठमाडौंँ । यो वर्षको प्रतिक्षित फिल्म ‘छक्कापञ्जा ४’ को पहिलो गीत ‘दर्शन सलाम’ सार्वजनिक भएको छ । फिल्मका केही महत्वपुर्ण दृश्यले गीतमा प्रथामिकता पाएको छ । गीतले गाउँको चुनावको परिवेश समेत देखाउन खोजेको छ ।
गीतमा कलाकार दीपकराज गिरीलाई गाउँले नेताको भूमिकामा देख्न सकिन्छ । गीतबाट सजिलै फिल्मको कथा राजनीतिक बिषयबस्तुमा रहेको अनुमान गर्न सकिन्छ । गीतमा दीपकको अलवा दीपाश्री निरौला, स्वस्तिमा खड्का, निर्मल शर्मा, बुद्धि तामाङ, राज आचार्य, केदार घिमिरे लगायत कलाकार देखिएका छन् । दीपक र दीपा जोडीको रुपमा गीतमा प्रस्तुत हँुदा स्वस्तिमा र राज अर्काे जोडीको रुपमा देखिएका छन् । थुप्रै कोरस समेत गीतमा राखिएको छ ।
गीतको शब्द राजेन्द्र थापाले कोरेका हुन् । डेभिड शंकर र साहिमा श्रेष्ठको स्वर, दीपक शर्माको संगीत रहेको गीतमा कविराज गहतराजको कोरियोग्राफी छ । फिल्म हेमराज बीसीले निर्देशन गरेका हुन् । राजनीति र समाजिक बिषयमा निर्माण भएको फिल्म कमेडी जनरामा बनेको हो । आमा सरस्वती मुभिज र आईएमईको ब्यानरमा फिल्म निर्माण भएको हो । फिलमको प्रदर्शन मिति १९ फागुन तय गरिएकोछ । फिल्मले राम्रो ब्यवसाय गर्ने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मर्मत सम्भारपछि नेपाल वायु सेवा निगमका ट्वीन अटर विमान सञ्चालनमा
-
१० बजे १० समाचार : बेलायतबाट सांसदको राजीनामा, पूर्व लेफ्टिनेन्ट कर्णेलविरुद्ध ‘डिफ्युजन नोटिस’
-
प्रिबजेटप्रति किन नरम देखिए विपक्षी ?
-
सगरमाथा संवादमार्फत नेपालले भोगेका समस्याबारे विश्वको ध्यानाकर्षण गर्नेछौँ : वनमन्त्री शाही
-
भारतको पञ्जाबमा अवैध रक्सी सेवनबाट २१ जनाको मृत्यु
-
डिजिटल मिडियाको अनुगमन र कारबाही काउन्सिलको क्षेत्राधिकार भएको ठहर