यस्तो छ ‘छक्कापञ्जा ४’ को पहिलो गीत ‘दर्शन सलाम’
काठमाडौंँ । यो वर्षको प्रतिक्षित फिल्म ‘छक्कापञ्जा ४’ को पहिलो गीत ‘दर्शन सलाम’ सार्वजनिक भएको छ । फिल्मका केही महत्वपुर्ण दृश्यले गीतमा प्रथामिकता पाएको छ । गीतले गाउँको चुनावको परिवेश समेत देखाउन खोजेको छ ।
गीतमा कलाकार दीपकराज गिरीलाई गाउँले नेताको भूमिकामा देख्न सकिन्छ । गीतबाट सजिलै फिल्मको कथा राजनीतिक बिषयबस्तुमा रहेको अनुमान गर्न सकिन्छ । गीतमा दीपकको अलवा दीपाश्री निरौला, स्वस्तिमा खड्का, निर्मल शर्मा, बुद्धि तामाङ, राज आचार्य, केदार घिमिरे लगायत कलाकार देखिएका छन् । दीपक र दीपा जोडीको रुपमा गीतमा प्रस्तुत हँुदा स्वस्तिमा र राज अर्काे जोडीको रुपमा देखिएका छन् । थुप्रै कोरस समेत गीतमा राखिएको छ ।
गीतको शब्द राजेन्द्र थापाले कोरेका हुन् । डेभिड शंकर र साहिमा श्रेष्ठको स्वर, दीपक शर्माको संगीत रहेको गीतमा कविराज गहतराजको कोरियोग्राफी छ । फिल्म हेमराज बीसीले निर्देशन गरेका हुन् । राजनीति र समाजिक बिषयमा निर्माण भएको फिल्म कमेडी जनरामा बनेको हो । आमा सरस्वती मुभिज र आईएमईको ब्यानरमा फिल्म निर्माण भएको हो । फिलमको प्रदर्शन मिति १९ फागुन तय गरिएकोछ । फिल्मले राम्रो ब्यवसाय गर्ने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यादेशबाट पदाधिकारी हटाउने विवाद सम्बन्धी मुद्दा : सर्वोच्च बार र नेपाल बारबाट ८ जना 'एमिकस क्युरी' पठाइयो
-
चार निर्णय सुनाउँदै गृहमन्त्री गुरुङले भने– हरेक फाइल खोलिन्छ अब
-
गृह मन्त्रालय र सुरक्षा निकायबाट संवेदनशील सूचना चुहिएको विषय अध्ययन गर्न समिति गठन गरिने
-
दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय
-
कुशीनगर प्रकरण : नेटवर्किङको आवरणमा ठग्ने थप १२ जना पक्राउ
-
महावीर मात्र पाका मन्त्री !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण