भारतको आर्थिक वृद्धि छ प्रतिशत बढी हुने प्रक्षेपण
मङ्गलबार, १७ माघ २०७९, २१ : ०७
नयाँदिल्ली । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले चालु आर्थिक वर्षमा भारतको आर्थिक वृद्धि दर ६.१ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ । यो वर्षको एप्रिलदेखि अर्को वर्षको मार्चसम्म कायम रहने भारतको आर्थिक वर्षमा आर्थिक वृद्धि दर ६.१ प्रतिशतको सेरोफेरोमा रहने अनुमान आइएमएफले आज गरेको हो ।
सन् २०२३ को आर्थिक वृद्धि दरमा केही सुधार भई ६.८ प्रतिशत कायम रहने प्रक्षेपण आइएमएफले गरेछ । आन्तरिक मागका कारण आर्थिक वृद्धिमा योगदान हुनेछ । आज सार्वजनिक भएको ‘विश्वको आर्थिक परिदृश्य’मा सन् २०२२ मा विश्वको आर्थिक वृद्धि ३.४ प्रतिशत, सन् २०२३ मा २.९ प्रतिशत र सन् २०२४ मा ३.१ प्रतिशत हुने अनुमान गरिएको छ । (रासस/ सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समाजवादी र लोकतान्त्रिक मूल्यको रक्षाका लागि साझा अभियान घोषणा गरिँदै
-
रिट्ज–कार्लटन र वेस्टिन नेपाल भित्रिनु देशको पर्यटनका लागि विश्वव्यापी सन्देश हो : विनोद चौधरी
-
ईभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव
-
सरकारले भन्याे– आइतबारको बिदा खारेज गर्न लागिएको होइन
-
किमाथाङ्कामा शुक्रबारदेखि इन्टरनेट सेवा बन्द
-
सरकारमाथि निगरानी गर्दै कांग्रेस, अब मन्त्रालयगत संयोजक सक्रिय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण