भारतको आर्थिक वृद्धि छ प्रतिशत बढी हुने प्रक्षेपण
मङ्गलबार, १७ माघ २०७९, २१ : ०७

नयाँदिल्ली । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले चालु आर्थिक वर्षमा भारतको आर्थिक वृद्धि दर ६.१ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ । यो वर्षको एप्रिलदेखि अर्को वर्षको मार्चसम्म कायम रहने भारतको आर्थिक वर्षमा आर्थिक वृद्धि दर ६.१ प्रतिशतको सेरोफेरोमा रहने अनुमान आइएमएफले आज गरेको हो ।
सन् २०२३ को आर्थिक वृद्धि दरमा केही सुधार भई ६.८ प्रतिशत कायम रहने प्रक्षेपण आइएमएफले गरेछ । आन्तरिक मागका कारण आर्थिक वृद्धिमा योगदान हुनेछ । आज सार्वजनिक भएको ‘विश्वको आर्थिक परिदृश्य’मा सन् २०२२ मा विश्वको आर्थिक वृद्धि ३.४ प्रतिशत, सन् २०२३ मा २.९ प्रतिशत र सन् २०२४ मा ३.१ प्रतिशत हुने अनुमान गरिएको छ । (रासस/ सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियसभाका अध्यक्ष दाहालसँग चीनको एनपीसी उपाध्यक्षको भेटवार्ता
-
हावाहुरीका कारण उडान प्रभावित, ८ विमान ‘डाइभर्ट’
-
‘के घर के डेरा : घर नं २’ को ओपनिङ व्यवसाय कस्तो ?
-
सङ्घीय निजामती सेवा विधेयकमा मागहरू नसमेटिएपछि नेपाल निजामती कर्मचारी युनियनको आपत्ति
-
आँप टिप्न जाँदा रूखको हाँगाे भाँचिएर बालिकाको मृत्यु
-
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठक : आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत