मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

संसदमा गगन थापा : कुखुरा पालक किसानले कुनै अप्रिय निर्णय गरे सरकारले आँसु बगाउने हो ?

बुधबार, १८ माघ २०७९, १४ : ०६
बुधबार, १८ माघ २०७९

काठमाडौँ । नेपाली कांग्रेसका सांसद गगन थापाले कुखुरा पालक किसानका समस्याप्रति सरकार उदासीन रहेको टिप्पणी गरेका छन् । बुधवार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद थाले ऋणमा रहेका कुखुरा पालक किसानको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए । 

उनले भने– ‘सयौँको सङ्ख्यामा साना किसानहरू कृषि मन्त्रालय धाइरहेका छन् । उनीहरू त्यहाँ पुग्छन्, रुन्छन्, कराउँछन् । यी तिनै किसानहरू हुन् जसले बैङ्कबाट ऋण लिएर कुखुरा फार्महरू चलाएका छन् । बर्डफ्ल्युको जोखिम न्यूनीकरण गर्नका लागि सरकारकै निर्णयबाट उनीहरूको कुखुरा फार्म नष्ट गरियो । नियमअनुसार यिनीहरूले पाउनुपर्ने क्षतिपूर्ति ५८ करोड छ । सरकार दिन्न भन्दैन, दिन्छु भन्छ तर दिँदैन । सरकार झुलाउँछ । किन सरकारलाई भ्याई नभ्याई छ ? तर बैङ्कले यिनीहरूलाई अठ्याउँछ । मेरो सरकारलाई प्रश्न छ बैंकको ऋणले थिचिएका साना किसानहरूले कुनै अप्रिय निर्णय नगर्दासम्म कुर्ने हो ?’ 

थापाले भने, ‘अनि अप्रिय निर्णय गरेपछि आँसु बगाउँदै सहानुभूति देखाउँदै छानबिन गर्न समिति बनाउनुपर्ने हो कि ? त्यस्तो निर्णय नहोस् भन्नका लागि ऋणले थिचिएका यी साना किसानहरूलाई जोगाउनका लागि सरकारले दिन्छु भनेको दिनै पर्ने भनेर निर्णय गरेको, केवल झुलाई मात्र रहेको यो प्रपञ्चबाट बाहिर निकालेर आफूले दिनुपर्ने रकम दिने हो ?’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप