शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

महिला सहभागिता पुरुष बराबर बनाउने कुरालाई राजनीतिक दलले बेवास्ता गरे : तीर्थमान शाक्य

बुधबार, १८ माघ २०७९, १४ : २७
बुधबार, १८ माघ २०७९

काठमाडौं । नेपाल कानुन समाजका पूर्व अध्यक्ष तीर्थमान शाक्यले राजनीतिक दलले महिलाको सहभागिता पुरुष सरह नै बनाउने कुरालाई बेवास्ता गरेको  आरोप लगाएका छन् । 

मंगलबार राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले राजनीतिकदलहरुले महिला सहभागितालाई हेलचेक्र्याइँ गरिरहेको आरोप लगाएका हुन् । उनले महिलाको  राजनीतिक दलले हरेक क्षेत्रमा महिलाको सहभागितालाई घटाउँदै लगिरहेको बताए ।

उनले महिलालाई हरेक क्षेत्रमा रहेर बुझ्ने अधिकार नै प्रदान नगरिएको भन्दै महिलालाई बुझ्ने स्थानमा लैजान अभिमुखीकरण कार्यक्रमलाई अगाडि बढाउन जरुरी रहेको बताए ।

उनले महिलालाई स्थान दिने बेलामा राजनीतिक दलहरु पात्र नै उपयुक्त नभएको जस्ता तर्कहरु गरेर पन्छिने गरेको भन्दै संविधानले व्यवस्था गरेपछि राजनीतिक दलहरुले सो क्षेत्रका लागि उपयुक्त पात्र तयार गरेर भएपनि संविधानअनुसार चल्नुपर्ने बताए ।

पूर्वअध्यक्ष शाक्यले प्रतिनिधि सभा सदस्य उम्मेदवार बन्न योग्य समय घटाउने मात्रै नभई बन्नपाउने अधिकतम उमेरको बारेमा पनि छलफल हुन आवश्यक रहेको बताए ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप