भारत सरकारको बजेट–यस्ता छन् मोदी सरकारका मुख्य प्राथमिकता
काठमाडौं । भारत सरकारले आगामी आर्थिक वर्ष सन् २०२३/२४ को बजेट घोषणा गरेको छ । भारत सरकारकी वित्त मन्त्री निर्मला सितारमणले आगामी वर्षको बजेट घोषणा गर्दै पुँजीगत खर्च ५० प्रतिशतले वृद्धि गरेको घोषणा गरेकी हुन् ।
आगामी आर्थिक वर्षको बजेटमा भारत सरकारले १०.५ लाख करोड भारु खर्च गर्ने लक्ष्य लिएको छ । जुन, गत आर्थिक वर्ष ७.५ लाख करोड भारु थियो । यस्तै, सन् २०१९ मा भारत सरकारको पुँजीगत खर्चको लक्ष्य ३.१ लाख करोड भारु थियो ।
यस्तै, बजेटमार्फत भारत सरकारले आगामी वर्ष भारतीय रेलवेमा २.४० करोड लाख बजेट विनियोजन गरेको छ । यो आर्थिक वर्ष २०१३÷१४ को रेल्वे बजेटको तुलनामा ९ गुणा बढी हो । यस्तै, भारत सरकारले गरिबहरूलाई निःशूल्कपमा दिने खाद्यान्न आपूर्तिको बजेट समेत बढाएको छ ।
शहरी आधारभूत पूर्वाधार निर्माण गर्न प्रत्येक वर्ष १० हजार करोड भारु लगानी गर्ने सरकारी लक्ष्य छ । यसका साथै, प्रधानमन्त्री आभास कार्यक्रम अन्तर्गतको बजेट ६६ प्रतिशतले बढाएर ७९ हजार करोड पुर्याइएको छ ।
यसका साथै, कृषि क्षेत्रको ऋणको लक्ष्य बढाएर २० लाख करोड छुट्याइएको छ भने सबै राज्य सरकारलाई १५ वर्षसम्म बिना ब्याजको ऋणको व्यवस्था गरिएको छ । यस्तै, प्रधानमन्त्री सुरक्षा योजनाका लागि ४४ करोड ६ लाख मानिसलाई बीमाको सुविधा दिइने घोषणा बजेटमा गरिएको छ ।
यसका साथै, क्षेत्रीय कनेक्टिभिटी बढाउनका लागि ५० नयाँ विमानस्थल र हेलिप्याड लगायतका पूर्वाधार निर्माणको योजना भारतले अघि बढाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समाजवादी र लोकतान्त्रिक मूल्यको रक्षाका लागि साझा अभियान घोषणा गरिँदै
-
रिट्ज–कार्लटन र वेस्टिन नेपाल भित्रिनु देशको पर्यटनका लागि विश्वव्यापी सन्देश हो : विनोद चौधरी
-
ईभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव
-
सरकारले भन्याे– आइतबारको बिदा खारेज गर्न लागिएको होइन
-
किमाथाङ्कामा शुक्रबारदेखि इन्टरनेट सेवा बन्द
-
सरकारमाथि निगरानी गर्दै कांग्रेस, अब मन्त्रालयगत संयोजक सक्रिय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण