बजेट भाषणको दिन भारतीय सेयर बजारमा तीव्र उतारचढाव
नयाँ दिल्ली । भारत सरकारले आगामी आर्थिक वर्ष २०२३/२४ को बजेट भाषण गरेको दिन भारतीय सेयर बजारमा तीव्र उतारचढाव आएको छ । आज भारतका दुई वटै सेयर परिसूचकमा तीव्र उछाल आएको हो ।
बजेट भाषण गर्दै गर्दा बम्बई स्टक एक्सचेञ्ज (बीएसई) मा तीव्र उत्तराचढाव देखिएको थियो । आजको कारोबार समयमा बीएसई १ हजारभन्दा बढी अंकले बढेको थियो । उक्त वृद्धिसँगै अन्तिम समयमा बीएसई ६० हजार ७६५ अंकसम्म पुगेको थियो ।
अन्तिम समयमा बजार केही तल घटेर १५८ अंकको वृद्धिसँगै परिसूचक ५९ हजार ७०८ अंकमा आएर रोकिएको छ । यो ०.२७ प्रतिशतको वृद्धि हो । यस्तै, भारतको अर्को स्टक एक्सचेञ्ज नेश्नल स्टक एक्सचेञ्ज (एनएसई) मा समेत उल्लेख्य उतारचढाव आएको छ ।
एनएसईमा २६२ अंकको वृद्धिसँगै परिसूचक १७ हजार ९२४ अंकमा पुगेको थियो । यो १.४९ प्रतिशतको वृद्धि हो । यद्यपि, अन्तिम समयमा एनएसई २४ अंकले घटेर १७ हजार ६३८ अंकमा आएर रोकिएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको इरानको दाबी
-
सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी
-
ओलीका स्वकीय सचिव बज्राचार्यलाई अख्तियारले भरायो १३ पन्ने फारम
-
हिमाली क्षेत्रमा असुरक्षा बढ्दै गएको भन्दै सुरक्षाको माग
-
१० बजे १० समाचार : भारतसँग के–के सहमति गरेर फर्किए परराष्ट्रमन्त्री खनाल ? रविले बोलाए सर्वदलीय बैठक
-
न्यायबारे सचेतना फैलाउन ‘विद्यार्थीसँग अदालत’ कार्यक्रम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण