बजेट भाषणको दिन भारतीय सेयर बजारमा तीव्र उतारचढाव

नयाँ दिल्ली । भारत सरकारले आगामी आर्थिक वर्ष २०२३/२४ को बजेट भाषण गरेको दिन भारतीय सेयर बजारमा तीव्र उतारचढाव आएको छ । आज भारतका दुई वटै सेयर परिसूचकमा तीव्र उछाल आएको हो ।
बजेट भाषण गर्दै गर्दा बम्बई स्टक एक्सचेञ्ज (बीएसई) मा तीव्र उत्तराचढाव देखिएको थियो । आजको कारोबार समयमा बीएसई १ हजारभन्दा बढी अंकले बढेको थियो । उक्त वृद्धिसँगै अन्तिम समयमा बीएसई ६० हजार ७६५ अंकसम्म पुगेको थियो ।
अन्तिम समयमा बजार केही तल घटेर १५८ अंकको वृद्धिसँगै परिसूचक ५९ हजार ७०८ अंकमा आएर रोकिएको छ । यो ०.२७ प्रतिशतको वृद्धि हो । यस्तै, भारतको अर्को स्टक एक्सचेञ्ज नेश्नल स्टक एक्सचेञ्ज (एनएसई) मा समेत उल्लेख्य उतारचढाव आएको छ ।
एनएसईमा २६२ अंकको वृद्धिसँगै परिसूचक १७ हजार ९२४ अंकमा पुगेको थियो । यो १.४९ प्रतिशतको वृद्धि हो । यद्यपि, अन्तिम समयमा एनएसई २४ अंकले घटेर १७ हजार ६३८ अंकमा आएर रोकिएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्वाचन आयोग र राजनीतिक दलबीच आज छलफल
-
प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल जारी रहने
-
कामु प्रधानन्यायाधीश कार्कीविरुद्ध दर्जन उजुरी
-
केरला आइपुग्यो मनसुनी वायु, कहिले आइपुग्छ नेपाल ?
-
मौसम पूर्वानुमान : कोशी, गण्डकी र कर्णाली प्रदेशमा हल्का वर्षा, तराईमा लू चल्ने
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर