शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
खेलकुद

विधान विपरीत पाठकलाई क्यानले दियो कार्यवाहक सचिवको जिम्मेवारी

बिहीबार, १९ माघ २०७९, १० : १२
बिहीबार, १९ माघ २०७९

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले दोस्रो पटक आफ्नो विधान विपरीत कार्यवाहक सचिवको जिम्मेवारी दुर्गा पाठकलाई सुम्पिएको छ । यसअघि क्यानका केन्द्रीय सदस्य प्रशान्त विक्रम मल्ललाई विधान विपरीत कार्यवाहक सचिवको जिम्मेवारी दिएको क्यान दोस्रो पटक विधान विपरीत गएको हो ।

क्यानको विधान अनुसार धारा २८ मा पदपूर्ति सम्बन्धी व्यवस्था गरेको छ । धारा २८ को १ मा पूर्व पदाधिकारी सदस्यलाई सुम्पिएको जिम्मेवारी अन्य पदाधिकारीलाई सुम्पिन सक्नेछ । जस अनुसार क्यानको अध्यक्ष बाहेकको पदाधिकारीको पद रिक्त भएमा कुनै अर्को पदाधिकारीले सम्हाल्नेछ । अध्यक्षको हकमा भने पद रिक्त भएको अवस्थामा उपाध्यक्षले बहन गर्ने उल्लेख छ ।

can bidhan

मल्लको हकमा साधारण सभाबाट पारित गरेर जिम्मेवारी पाएका थिए । क्यानमा जम्मा चार जना पदाधिकारी छन् । जसमा दुई पद रिक्त छ । उपाध्यक्ष भएको खण्डमा उपाध्यक्षलाई कार्यवाहक सचिवको जिम्मेवारी दिने मनसाय बनाएको क्यानले सदस्यलाई कार्यवाहक सचिवको जिम्मेवारी दिने भएको हो ।

अब पाठकलाई क्यानको फागुनमा बस्ने साधारण सभाले अनुमोदन गर्नेछ । यदि साधारण सभाबाट पारित नभए उनको पद स्वतः रद्द हुनेछ । क्यानका अध्यक्ष चतुर बहादुर चन्दले अहिले आफूहरूले पदाधिकारी नभएको अवस्थामा कामचलाउको रूपमा पाठकलाई नियुक्त गरेको र साधारण सभाबाट बाधा अड्काउ फुकाऊ गरेर पारित गर्ने बताए । 

‘अहिले पाठकलाई कामचलाउको रूपमा नियुक्त गरेका हौँ । सुर्खेतमा हुने साधारण सभाबाट बाधा अड्काउ फुकाऊ गरेर पारित गर्नेछौँ,’ चन्दले रातोपाटीसँगको कुराकानीमा भने । चन्दले कोषाध्यक्षलाई दिने भने पनि सचिव र कोषाध्यक्षले एउटै पदमा बस्दा काम गर्न असहज हुने भएकाले सदस्यलाई नै नियुक्त गर्न परेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप