शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बुद्धरूप पशुपतिको छाया दर्शन परम्परा

शनिबार, २१ माघ २०७९, १३ : २६
शनिबार, २१ माघ २०७९

प्रत्येक हरेक महिनाका चतुर्दशी तिथिहरू शिवरात्री हुन् भने फागुन महिनाको चतुर्दशी महाशिवरात्रि हो । तसर्थ हरेक महिनाको चतुदर्शीमा भगवान् श्री पशुपतिनाथमा विभिन्न पर्वहरू पर्दछन् । 

यो महिनाको माघ शुक्ल चतुर्दशीका दिन अर्थात् माघ २१ गते शनिबारका दिन नित्य पूजापछाडि भगवान् पशुपतिनाथलाई बुद्ध रूपमा पूजा गर्ने र बुद्धरूप पशुपतिको छाया दर्शन गर्ने परम्परा छ । चोयाबाट तला पारेर बनाइएको मुकुटमा पहेँलो कपडाले ढाकी स्वर्ण मुकुटको अनुकरणमा पशुपतिनाथलाई पहिर्याइन्छ । तीन तला बनाउनुको पर्व बुद्ध स्तूपहरूमा माथि बनाइने हमिर्काको प्रतिरूप हो । 

भगवान् श्रीपशुपतिनाथलाई बुद्ध रूपमा उपासना गरिने यस पर्वले बुद्धको समयको प्रयास गरिएको अनुमान हुन्छ । भगवान पशुपतिनाथ अगाडि गर्भगृहको अन्तरालमा पर्वको दिन जल भरिन्छ । सफा सङ्गमर्मरको माथि भरिएका जलमा भक्तहरूले पशुपतिनाथको छाया दर्शन गर्छन् ।

पशुपतिनाथलाई माघ शुक्ल चतुर्दशीका दिन विधिवत् रूपमा पूजा गरी मुकुट लगाइदिने तथा त्यसको भोलिपल्ट या माघशुक्ल पूर्णिमाका दिन तिनको छाया दर्शन गर्ने परम्परा पनि छ । यस्तो क्रियालाई कैलाश कुसुमारोहण तथा स्थानीय बोलीचालीको भाषामा टिकिंछ्या भनिन्छ । नेवारी भाषामा टिकिं अर्थात् फल तथा छ्या अर्थात् चढाउनु भन्ने अर्थमा भगवान्लाई मन पर्ने फूल चढाउनु यस पर्वको मूल उद्देश्य रहेको पाइन्छ ।

शिवजीलाई मनपर्ने फूलबाट कैलाश पर्वतजस्तो तह तह परेको चुच्चे मुकुट बनाई पशुपतिनाथलाई अर्पण गरिने पर्वको नाम कैलाशकुसुमारोहण हो ।

वंशावलीमा केही विवरण परेको देखिन्छ । यसमा पाइने एक विवरणअनुसार काठमाडौँका प्रताप मल्लका पुत्र राजा नृपेन्द्र मल्लका पालामा कुनै तिरहुतिया ब्राह्मण धर्मा झाले चाँगुमा भोज खुवाउन जाँदा गोत्र हत्या गरेछन् । तसर्थ तिनलाई सजायस्वरूप सर्वस्वहरण गरिएछ । तिनको सर्वस्व सम्पत्ति तत्कालीन समयमा करिब तीन लाख रुपैयाँ बराबर सरकारमा दाखिला हुँदा राजाले ब्राह्मणको ब्रह्मस्व खान हुन्न भनी त्यसलाई विभिन्न धार्मिक कार्यमा खर्च गरेछन् । यसै क्रममा राजा नृपेन्द्र मल्लले पशुपतिनाथका पुजारी स्वामी विमलानन्दसँग सल्लाह गरी उक्त धनले शिवार्चन चण्डिकाशास्त्र प्रमाण गरी पशुपतिनाथमा वर्षवद्र्धन गर्ने कार्य थालेछन ।्

यसैगरी शास्त्रमा अस्पर्श वस्तु आर्जित पाप क्षय होस् भनी कैलाश कुसुमारोहण नामले पशुपतिनाथलाई मन परेको कुरा चढाउने कार्य गरे भन्ने उल्लेख पाइन्छ । यही सम्पत्तिबाट भुवनलक्ष्मीले भने भुवनेश्वर महादेव स्थापना गरेको भन्ने उल्लेख पाइन्छ । आजभोलि पनि पशुपतिनाथलाई टिकिछया वा मुकुट अर्पण गर्ने क्रममा सङ्कल्प गर्दा रानी भवनलक्ष्मीको नाम लिने चलन छ, जसमा तिनलाई भौमालक्ष्मी भनिन्छ । यसरी कैलाश कुश्मारोहणको सुरुवात राजा नृपेन्द्र मल्लका पालामा भएको देखिन्छ ।

शिवजीलाई मनपर्ने फूलबाट कैलाश पर्वतजस्तो तह तह परेको चुच्चे मुकुट बनाई पशुपतिनाथलाई अर्पण गरिने पर्वको नाम कैलाशकुसुमारोहण हो । नेवारी भाषामा फूलको मुकुट चढाउने पर्व भन्ने अर्थमा यसलाई टिकिछ्या नामले जानिन्छ । पछिल्लो समयमा भने यस अवसरमा फूलको सट्टामा रङ्गीविरङ्गी कपडाले बनेको मुकुट चढाउने परम्परा बसेको छ ।

कैलाश कुसुमारोहणका लागि आजभोलि करिब सात रङको कपडा प्रयोग गर्ने गरिन्छ । यसका लागि पहिले सादा सेतो कपडा ल्याई रङ्ग्याउने काम काठमाडौं लगन टोलका छिपा जातिले गर्दथे । उक्त कपडा रङ्ग्याएबापत उनीहरूलाई गुप्ती पूजाको भाग र केही सिक्का दस्तुर दिने तथा भोज खुवाउनुपर्ने चलन थियो । तर वर्तमान समयमा कपडा रङ्ग्याउन जान्ने मानिसको अभाव रहेकाले बजारबाट रङ्गीन कपडा ल्याई मुकुट बनाउने गरिन्छ ।

उक्त काम पुस्तौँदेखि पशुपतिनाथअन्तर्गत भण्डार तहबिलमा नाइकेका रूपमा रहने बिसेटले नै गर्दै आएका छन् । यसका लागि चाहिने मुकुट बेतका डाँठमा कपडा मोरेर बनाइन्छ । दुई तहको यस्तो मुकुट चैत्य आकारको देखिने हुँदा कसैकसैले यस कार्यलाई वर्षको एक पटक पशुपतिनाथलाई बुद्धको मुकुट लगाइदिने परम्परा मानेका छन् । पशुपतिनाथलाई पवित्रारोहण गर्दा लगाइने यस्तो मुकुट रङ्गीचङ्गी एवं कलात्मक हुने गर्दछ । यसमा विच्छी र सर्प आदिका चित्रहरू पनि अङ्कित गरिएका हुन्छन् ।

टिकिंछ्याका अवसरमा अघि राजदरबारमा नरिवल, पगरी, किसली, कुण्डपुष्प, फूल, दुबो, अबिर र केशरी आदि पूजासामग्री पठाई राजाका हातबाट सङ्कल्प गराएर मात्र पशुपतिनाथलाई मुकुट चढाउने परम्परा थियो । हाल भने बिसेट नाइकेका घरमा मुकुट निर्माण गरी विशेष धुमधामका साथमा पशुपतिनाथ मन्दिरमा लैजाने चलन छ । यसका लागि सर्वप्रथम मुकुट लिन अमालकोट कचहरी र भण्डार तहबिलका कर्मचारीहरू आशागुर्जा र बाजागाजासहित बिसेटको घरमा जाने गर्छन् ।

छाया दर्शनका लागि पशुपतिनाथ मन्दिरको दक्षिणतिरको भित्री चाँदीको छेकवार निकालिन्छ र त्यसबाहिर रहेको सानो खोपिल्टोमा जल भरेर त्यसैमा भगवान् पशुपतिनाथको मुकुटसहितको छाया दर्शन गर्ने परम्परा छ ।

ढोकामा ल्याउने गर्दछन् । त्यसपछि दक्षिणामूर्तिका पुजारी राजोपाध्याय तथा जोशीले लशकुश स्वागत गरी पशुपतिनाथ मन्दिर परिक्रमा गराउने परम्परा छ । टिकिंछ्या अर्पण गरिने दिन पशुपतिनाथ र वासुकिनाथमा विशेष पञ्चामृत पूजा गरिन्छ ।

पशुपतिनाथ प्राङ्गणमा रहेको नवग्रहको पूजाका साथमा कीर्तिमुखमा बलि पूजा गर्ने परम्परा छ । त्यस अवसरमा भुवनेश्वरी र वत्सलेश्वरीको पूजा गर्ने, बिसेट नाइकेको निवासमा हवनादि पूजा गर्ने तथा पशुपतिनाथको यज्ञशालामा राजोपाध्यायले कुमारी स्थापना गरी हवन तथा गुप्ती पूजा गर्ने गरिएको पाइन्छ । त्यसपछि बिसेट नाइकेले उक्त मुकुट पशुपतिनाथको दक्षिण ढोकाबाट भगवान्लाई अर्पण गर्न दिने गर्छन् । पशुपतिनाथको नित्य पूजा सकिएपछि श्री पशुपतिनाथलाई उक्त मुकुट लगाइदिने चलन छ ।

छाया दर्शनका लागि पशुपतिनाथ मन्दिरको दक्षिणतिरको भित्री चाँदीको छेकवार निकालिन्छ र त्यसबाहिर रहेको सानो खोपिल्टोमा जल भरेर त्यसैमा भगवान् पशुपतिनाथको मुकुटसहितको छाया दर्शन गर्ने परम्परा छ । त्यसको भोलिपल्ट पूर्णिमाका दिन भगवान्को शृङ्गार उतार्ने बेला नभएसम्म श्रीको छाया दर्शन गर्न भक्तहरूको घुइँचो लाग्ने गर्दछ । 

यसरी भगवान् पशुपतिनाथलाई मुकुट अर्पण गरिने सांस्कृतिक पर्वका रूपमा यो उत्सव परिचित छ । त्यस दिन टिकिंछ्या गुठीकातर्फबाट गुह्येश्वरीमा विशेष पूजा गर्ने गरिन्छ । उक्त अवसरमा मुकुटको चतुर्थी गरेर चाबहिल गणेश स्थानमा बलिसहित पूजा गरेपछि टिकिंछ्या अर्पणका सम्पूर्ण विधि समाप्त हुने गर्दछ । यसै क्रममा मुकुटका कपडा निकालेर सेलाउने तथा त्यसभित्रको बेतको मुकुटलाई पखालेर चोखो पारी अर्काे वर्षका लागि बिसेट नाइकेकै घरमा राख्ने चलन छ ।

पशुपतिनाथको कैलाशकुसुमारोहण पूजा समापन गरेबापत बिसेट नाइकले सम्पूर्ण रैरकमीलाई भोज खुवाउनुपर्ने तथा स्थानीय बिसेट, वैद्य र भण्डारी आदि विशेष व्यक्तिहरूका घरमा बारा बाँड्नुपर्ने परम्परा पाइन्छ । टिकिंछ्या गुठीको आयस्ताले भगवान् पशुपतिनाथ, कीर्तिमुख भैरव तथा अन्य देवीदेवताको माघ शुक्ल षष्ठीदेखि फागुन कृष्ण चतुर्दशीसम्म दैनिक पर्व पूजा चलाउनुपर्ने मान्यता छ । उक्त पूजा पशुपतिनाथको अमूर्त सम्पदा हो, जुन तान्त्रिक र वैदिक दुवै पक्षको सामान्जस्यतामा हुने गर्दछ ।

तं शकरं शरणम ब्रजामी !

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

वरुण खतिवडा
वरुण खतिवडा
लेखकबाट थप