बढ्यो गुलाबको आयात, ६ महिनामा १४ लाख ३३ हजार बाहिरियो
आइतबार, २२ माघ २०७९, १५ : २९
काठमाडौँ । चालू आर्थिक वर्ष २०७९/८० को ६ महिनाको अवधिमा नेपालमा १४ लाख ३३ हजार रुपैयाँ बराबरको गुलाबको फूल आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि पुससम्मको अवधिमा उक्त मूल्य बराबरको गुलाबको फूल आयात भएको हो । यस अवधिमा नेपालमा १० हजार ८ सय वटाभन्दा बढी गुलाबको फूल आयात भएको छ ।
यसबापत राज्यले १ लाख ४० हजार भन्सार राजश्व संकलन गरेको छ । यस्तै, गत आर्थिक वर्षको यही अवधिमा जम्मा १ लाख ५८ हजार रुपैयाँ बराबरको गुलाबको फूल आयात भएको थियो । यसअनुसार, गत वर्षको तुलनामा चालू वर्षको ६ महिनामा गुलाबको फूलको आयात बढेको देखिन्छ । भ्यालेन्टाइन सप्ताह नजिकिएसँगै गुलाबको फूलको आयात बढ्ने देखिन्छ । पुस महिनासम्मको अवधिमा साढे १४ लाख रुपैयाँ बराबरको गुलाबको फूल आयात भएपनि माघ महिनासम्म यो आयात झनै बढ्ने देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५३ वर्षपछि ‘न्युयोर्क निक्स’ले उचाल्यो ‘एनबीए’ उपाधि
-
जनभावना विपरीतकाे अभिव्यक्तिले पार्टीको रक्षा हुँदैन : पोखरेल
-
जेनजी आन्दोलनमा जलेको भन्दै गण्डकीले खर्च गरेको साढे ४ अर्बको लेखा परीक्षण भएन
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
-
कीर्तिमान भङ्ग गर्ने दाउमा २१ वर्षे युवा सनसनी गुलेर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण