बढ्यो गुलाबको आयात, ६ महिनामा १४ लाख ३३ हजार बाहिरियो
आइतबार, २२ माघ २०७९, १५ : २९

काठमाडौँ । चालू आर्थिक वर्ष २०७९/८० को ६ महिनाको अवधिमा नेपालमा १४ लाख ३३ हजार रुपैयाँ बराबरको गुलाबको फूल आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि पुससम्मको अवधिमा उक्त मूल्य बराबरको गुलाबको फूल आयात भएको हो । यस अवधिमा नेपालमा १० हजार ८ सय वटाभन्दा बढी गुलाबको फूल आयात भएको छ ।
यसबापत राज्यले १ लाख ४० हजार भन्सार राजश्व संकलन गरेको छ । यस्तै, गत आर्थिक वर्षको यही अवधिमा जम्मा १ लाख ५८ हजार रुपैयाँ बराबरको गुलाबको फूल आयात भएको थियो । यसअनुसार, गत वर्षको तुलनामा चालू वर्षको ६ महिनामा गुलाबको फूलको आयात बढेको देखिन्छ । भ्यालेन्टाइन सप्ताह नजिकिएसँगै गुलाबको फूलको आयात बढ्ने देखिन्छ । पुस महिनासम्मको अवधिमा साढे १४ लाख रुपैयाँ बराबरको गुलाबको फूल आयात भएपनि माघ महिनासम्म यो आयात झनै बढ्ने देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माण सम्पन्न भएर अलपत्र आधारभूत अस्पतालहरु साउनबाट सञ्चालनमा ल्याइने
-
बाहिर समर्थकले जीवन गुमाइरहँदा रङ्गशालाभित्र जितको खुसीयाली
-
मधेसमा उकालो लाग्यो हत्याको ग्राफ : ४ वर्षमा ३८५ जनाको मृत्यु
-
कन्टेनरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
इरान, अफगानिस्तानलगायत यी १२ देशका मानिसहरूलाई ट्रम्पले अमेरिका यात्रामा लगाए प्रतिबन्ध
-
न्यायको नौसिङ हुन्छ भन्थे, हो रहेछ : कमल थापा