बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

चलचित्र विकास बोर्डको सल्लाहकार समितिबाट रवीन्द्रले दिए राजीनामा

मङ्गलबार, २४ माघ २०७९, १४ : २८
मङ्गलबार, २४ माघ २०७९

काठमाडौँ । चलचित्र कलाकार सङ्घका अध्यक्ष समेत रहेका कलाकार रवीन्द्र खड्काले चलचित्र विकास बोर्डको सल्लाहकार समितिबाट राजीनामा दिएका छन् । 

बोर्डले सल्लाकार समितिसँग सल्लाह नगरी विवादित कार्य गर्दै आएको र सल्लाहकारको सल्लाह समेत नमानेको भन्दै उनले राजीनामा दिएका हुन् । खड्काले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै राजीनामाको जानकारी समेत दिएका छन् । 

उनले आफ्नो राजीनामा कोही कसैसँगको व्यक्तिगत मनमुटाब कारणले नभई कुनै पनि पदको लोभी छैन र सबैको हितमा काम गर्न क्रियाशील हुने व्यक्ति भनेर उदाहरण पेस गरेको उल्लेख गरेका छन् । 

329400136_512376737671939_4122141124957563600_n

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप