चलचित्र विकास बोर्डको सल्लाहकार समितिबाट रवीन्द्रले दिए राजीनामा
मङ्गलबार, २४ माघ २०७९, १४ : २८
काठमाडौँ । चलचित्र कलाकार सङ्घका अध्यक्ष समेत रहेका कलाकार रवीन्द्र खड्काले चलचित्र विकास बोर्डको सल्लाहकार समितिबाट राजीनामा दिएका छन् ।
बोर्डले सल्लाकार समितिसँग सल्लाह नगरी विवादित कार्य गर्दै आएको र सल्लाहकारको सल्लाह समेत नमानेको भन्दै उनले राजीनामा दिएका हुन् । खड्काले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै राजीनामाको जानकारी समेत दिएका छन् ।
उनले आफ्नो राजीनामा कोही कसैसँगको व्यक्तिगत मनमुटाब कारणले नभई कुनै पनि पदको लोभी छैन र सबैको हितमा काम गर्न क्रियाशील हुने व्यक्ति भनेर उदाहरण पेस गरेको उल्लेख गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकको बढ्दो आकर्षणले निम्त्याउने चुनौती र अवसर
-
म्याग्दे गाउँपालिकाले सगरमाथा आरोहण गर्नेलाई पाँच लाख दिने
-
आज पनि माइतीघरमा सुकुमबासीहरुको प्रदर्शन
-
लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर
-
चिनियाँ बक्स अफिस हिट ‘डियर यू’ ले सिङ्गापुरमा छेडेको पहिचान बहस
-
उदयपुरमा टिपर दुर्घटना, ७ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण