शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

युएसएआईडीकी प्रमुख सामन्था पावरद्वारा पाटन दरबारको अवलोकन

मङ्गलबार, २४ माघ २०७९, १९ : ५७
मङ्गलबार, २४ माघ २०७९

काठमाडौं । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) प्रमुख  सामन्था पावरले ललितपुरको पाटन दरबार स्वाक्वयर क्षेत्रको अवलोकन गरेकी छन् ।  

मंगलबार प्रशासक सामन्था पावरले ललितपुरको पाटन दरबारको अवलोकन गरेकी हुन् ।  

सो अवसरमा परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल पनि सहभागी बनेकी थिइन् । पाटन दरबार क्षेत्रको अवलोकन गर्न पुगेकी प्रशासक पावरलाई ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्वागत गरेका थिए ।   

दुई दिने नेपाल भ्रमणका क्रममा मंगलबार बिहान नेपाल आएकी सामन्था बुधवार स्वदेश फकिनेछिन् ।  उनले आज नै भक्तपुरको आदर्श माध्यामिक विद्यालयको अवलोकन समेत गरिन् । साथै विद्यालयमा विद्यार्थीहरुसँग बास्केट बल खेल्नुका साथै अन्तरक्रियासमेत गरेकी थिइन् । 

अमेरिकी विदेश मन्त्रालयको राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरीया नुल्याण्डले नेपाल भ्रमण गरेर फर्किएको हप्ता दिन नपुग्दै सामन्था नेपाल आएकी हुन् । अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्को सदस्यसमेत रहेकी उनी अमेरिकाको क्याबिनेट स्तरकी उच्च अधिकारी हुन् ।   

नेपाल बसाइको क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भेट गर्ने कार्यक्रम छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप