खेलकुद क्षेत्रलाई सुव्यवस्थित बनाउन आवश्यक छ : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले खेलकुद क्षेत्रलाई सुव्यवस्थित बनाउनसके राष्ट्र र राष्ट्रियतालाई माथि उठाउने बताएका छन् ।
बिहीबार सार्वजनिक संस्थान खेलकुद विकास संघ नेपालद्वारा आयोजित १३ औं सार्वजनिक संस्थान खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै यस्तो बताएका हुन् ।
उनले खेलकुदले शारीरिक, मानसिक विकास मात्रै नभई सहकार्यलाई पनि बढाउन सहयोग गर्ने बताए । उनले पहिला शारीरिक श्रमले शरीरलाई तन्दुरुस्त बनाउने गरेपनि मानिसहरू अहिले मानसिक काममा नै बढी केन्द्रित हुन पुगेकाले खेलकुदकै माध्यमबाट शरीरलाई तन्दुरुस्त राख्नुपर्ने अवस्था रहेको बताए । उनले सार्वजनिक संस्थानहरूले गर्ने खेल क्षेत्रका कार्यक्रमलाई तल्लो स्तरबाट नै अघि बढाउन सके खेलकुदमा युवाहरूको आकर्षण बढ्ने बताए ।
सभामुख घिमिरेले खेलकुदलाई सुव्यवस्थित बनाएर खेल क्षेत्रको विकास गर्न आवश्यक रहेको बताउँदै खेलकुदले देशमा आत्मीयता र गौरव बढाउने बताए । उनले नेपालले खेलकुदमा प्रगति गरिरहेपनि पर्याप्त नभएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको झापा अध्यक्षमा भट्टराई
-
बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा
-
गर्मी बढेसँगै सर्पको बिगबिगी
-
१० बजे १० समाचार : ३७ संशोधन अस्वीकृत गर्दै सरकारको नीति तथा कार्यक्रम पारित, प्रचण्डले खोजे हर्क साम्पाङको साथ
-
नोरा फतेहीको नेपाल कार्यक्रम : दुर्गेशसँग स्टेज सेयरदेखि सम्पदा भ्रमणसम्म
-
म्याग्दी पूर्ण खोप सुनिश्चितता एवं दिगोपना जिल्ला घोषणा