खेलकुद क्षेत्रलाई सुव्यवस्थित बनाउन आवश्यक छ : सभामुख घिमिरे
काठमाडौं । सभामुख देवराज घिमिरेले खेलकुद क्षेत्रलाई सुव्यवस्थित बनाउनसके राष्ट्र र राष्ट्रियतालाई माथि उठाउने बताएका छन् ।
बिहीबार सार्वजनिक संस्थान खेलकुद विकास संघ नेपालद्वारा आयोजित १३ औं सार्वजनिक संस्थान खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै यस्तो बताएका हुन् ।
उनले खेलकुदले शारीरिक, मानसिक विकास मात्रै नभई सहकार्यलाई पनि बढाउन सहयोग गर्ने बताए । उनले पहिला शारीरिक श्रमले शरीरलाई तन्दुरुस्त बनाउने गरेपनि मानिसहरू अहिले मानसिक काममा नै बढी केन्द्रित हुन पुगेकाले खेलकुदकै माध्यमबाट शरीरलाई तन्दुरुस्त राख्नुपर्ने अवस्था रहेको बताए । उनले सार्वजनिक संस्थानहरूले गर्ने खेल क्षेत्रका कार्यक्रमलाई तल्लो स्तरबाट नै अघि बढाउन सके खेलकुदमा युवाहरूको आकर्षण बढ्ने बताए ।
सभामुख घिमिरेले खेलकुदलाई सुव्यवस्थित बनाएर खेल क्षेत्रको विकास गर्न आवश्यक रहेको बताउँदै खेलकुदले देशमा आत्मीयता र गौरव बढाउने बताए । उनले नेपालले खेलकुदमा प्रगति गरिरहेपनि पर्याप्त नभएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण