भारतीय स्पिनर सामु अस्ट्रेलिया निरीह
शनिबार, २८ माघ २०७९, १४ : ४९

नागपुर । अस्ट्रेलियाविरुद्धको टेस्ट शृङ्खलाको पहिलो खेलमा भारतले एक इनिङ र १ सय ३२ रनको शानदार जीत हासिल गरेको छ । दोस्रो इनिङ्समा अस्ट्रेलिया मात्र ९१ रनमा सीमित बनेको हो ।
भारतीय स्पिनर सामु अस्ट्रेलिया निरीह देखिएको थियो । स्टीभ स्मिथले नटआउट रहँदै २५ रन बनाउनुबाहेक अरुले खासै योगदान दिनसकेनन् । भारतका लागि रवीचन्द्र अश्विनले ५ तथा रवीन्द्र जडेजा र मोहमद शमीले २–२ विकेट लिए ।
टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलिया पहिलो पारीमा १७७ रनमा सीमित भएको थियो । भारतले भने पहिलो पारीमा ४ सय रन बनाएको थियो । भारतका लागि कप्तान रोहित शर्माले १२० रन बनाएका थिए । अस्ट्रेलियाका लागि डेब्यू गरिरहेका टड मर्फीले ७ विकेट लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपा नेपालले आज बिरोध प्रदर्शन गर्ने
-
कोशी प्रदेश : नयाँ सत्ताको खेल सुरू, किनबेचको हल्ला !
-
मेसी आबद्ध हुने समाचारपछि मियामीमा थपिए ४० लाखभन्दा बढी ‘फ्यान फलोअर’
-
निर्वाचन आयोग र राजनीतिक दलबीच आज छलफल
-
प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल जारी रहने
-
कामु प्रधानन्यायाधीश कार्कीविरुद्ध दर्जन उजुरी