भारतीय स्पिनर सामु अस्ट्रेलिया निरीह
शनिबार, २८ माघ २०७९, १४ : ४९
नागपुर । अस्ट्रेलियाविरुद्धको टेस्ट शृङ्खलाको पहिलो खेलमा भारतले एक इनिङ र १ सय ३२ रनको शानदार जीत हासिल गरेको छ । दोस्रो इनिङ्समा अस्ट्रेलिया मात्र ९१ रनमा सीमित बनेको हो ।
भारतीय स्पिनर सामु अस्ट्रेलिया निरीह देखिएको थियो । स्टीभ स्मिथले नटआउट रहँदै २५ रन बनाउनुबाहेक अरुले खासै योगदान दिनसकेनन् । भारतका लागि रवीचन्द्र अश्विनले ५ तथा रवीन्द्र जडेजा र मोहमद शमीले २–२ विकेट लिए ।
टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलिया पहिलो पारीमा १७७ रनमा सीमित भएको थियो । भारतले भने पहिलो पारीमा ४ सय रन बनाएको थियो । भारतका लागि कप्तान रोहित शर्माले १२० रन बनाएका थिए । अस्ट्रेलियाका लागि डेब्यू गरिरहेका टड मर्फीले ७ विकेट लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको इरानको दाबी
-
सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी
-
ओलीका स्वकीय सचिव बज्राचार्यलाई अख्तियारले भरायो १३ पन्ने फारम
-
हिमाली क्षेत्रमा असुरक्षा बढ्दै गएको भन्दै सुरक्षाको माग
-
१० बजे १० समाचार : भारतसँग के–के सहमति गरेर फर्किए परराष्ट्रमन्त्री खनाल ? रविले बोलाए सर्वदलीय बैठक
-
न्यायबारे सचेतना फैलाउन ‘विद्यार्थीसँग अदालत’ कार्यक्रम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण