शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भारतका धेरै राज्यका राज्यपाल परिवर्तन

आइतबार, २९ माघ २०७९, १२ : ४३
आइतबार, २९ माघ २०७९

नयाँ दिल्ली । भारतको केन्द्र सरकारले ठूलो फेरबदल गर्दै देशका धेरै राज्यका राज्यपालहरू परिवर्तन गरेको छ । 

महाराष्ट्रका राज्यपाल भगत सिंह कोश्यारीले राजीनामा दिएका छन् । राष्ट्रपति द्रौपदी मुर्मुले उनको राजीनामा स्वीकृत गरेकी छन् । उनको स्थानमा झारखण्डका राज्यपाल रमेश बैसलाई राज्यपाल बनाइएको छ ।

भाजपाका पूर्व सांसद तथा तमिलनाडु निवासी सीपी राधा कृष्णन झारखण्डको राज्यपाल बनेका छन् । लद्दाखका लेफ्टिनेन्ट गभर्नर राधाकृष्ण माथुरले पनि राजीनामा दिएको बताइएको छ । राष्ट्रपतिले पनि उनको राजीनामा स्वीकृत गरिसकेकी छन् ।

उनको स्थानमा अरुणाचल प्रदेशका राज्यपाल बीडी मिश्रालाई लद्दाखकोराज्यपालको जिम्मेवारी दिइएको छ। अघिल्लो मोदी सरकारमा अर्थ राज्यमन्त्री रहेका शिवप्रताप शुक्ला अब हिमाचल प्रदेशको राज्यपाल हुनेछन् ।

राष्ट्रपति भवनद्वारा जारी विज्ञप्ति अनुसार धेरै राज्यमा गभर्नरको पदमा नयाँ नियुक्ति गरिएको छ भने धेरै ठाउँमा नयाँ गभर्नरहरू नियुक्त गरिएको छ।

राज्यपालहरूको राज्य परिवर्तन:-

नाम - नयाँ राज्य - पुरानो राज्य

1. रमेश बैस - महाराष्ट्र - झारखण्ड

2. राजेन्द्र विश्वनाथ अर्लेकर - बिहार - हिमाचल प्रदेश

3. विश्व भूषण हरिचन्दन - छत्तीसगढ़ - आन्ध्र प्रदेश

4. सुश्री अनुसैया उईके - मणिपुर - छत्तीसगढ

5. ला गणेशन - नागाल्याण्ड - मणिपुर

6. फागु चौहान - मेघालय - बिहार

7. ब्रिगेडियर (डा) बीडी मिश्र - लद्दाख (यूटी)

नवनियुक्त गभर्नर

1. सीपी राधा कृष्ण - झारखंड

2. न्यायाधीश (सेवानिवृत्त) एस अब्दुल नजीर - आन्ध्र प्रदेश

3. गुलाब चन्द कटारिया - असम

4. शिव प्रताप शुक्ल - हिमाचल प्रदेश

5. लक्ष्मण प्रसाद आचार्य - सिक्किम

6. लेफ्टिनेन्ट जनरल (सेवानिवृत्त) केटी परनाईक - अरुणाचल प्रदेश

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप