शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

छन्दमा प्रणय दिवस

मङ्गलबार, ०२ फागुन २०७९, १४ : २९
मङ्गलबार, ०२ फागुन २०७९

आउँछ शुभदिन प्रणय दिवसको
हुन्छ मिलन अब प्रियतम सबको 
सुन्छु जब म पनि अनुपम धुन यो 
आज भुवनभर प्रणय दिवस हो   ।

छर्नु छ जनविच, प्रणय सुरसिलो
भर्नु छ दिलभर, शुभगति दरिलो
फूल दिन युवक, घरघर नडुले
बन्दछ र प्रणय? मनमुटु नमिले  ।

फूल लिन दिन नि रहर हुन गयो
भन्छ युवक अब कहर हुन गयो
फेसबुक अब  छ मन नजिक हुने
बन्छु प्रणय अब म मुटुभर छुने ।

छन्द चक्रपद (शक्वरीभेद) 
भ     न      न      न     ल   गु
sii    iii      i ii      iii      i     s

–तारकेश्वर नगरपालिका–३, काठमाडौँ
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुवप्रसाद गजुरेल
ध्रुवप्रसाद गजुरेल
लेखकबाट थप