छन्दमा प्रणय दिवस
मङ्गलबार, ०२ फागुन २०७९, १४ : २९
आउँछ शुभदिन प्रणय दिवसको
हुन्छ मिलन अब प्रियतम सबको
सुन्छु जब म पनि अनुपम धुन यो
आज भुवनभर प्रणय दिवस हो ।
छर्नु छ जनविच, प्रणय सुरसिलो
भर्नु छ दिलभर, शुभगति दरिलो
फूल दिन युवक, घरघर नडुले
बन्दछ र प्रणय? मनमुटु नमिले ।
फूल लिन दिन नि रहर हुन गयो
भन्छ युवक अब कहर हुन गयो
फेसबुक अब छ मन नजिक हुने
बन्छु प्रणय अब म मुटुभर छुने ।
छन्द चक्रपद (शक्वरीभेद)
भ न न न ल गु
sii iii i ii iii i s
–तारकेश्वर नगरपालिका–३, काठमाडौँ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प
-
रास्वपाको जिल्ला अधिवेशन सुरुः ६७ जिल्लामा निर्वाचन हुँदै, १० जिल्लाको महाधिवेशनपछि हुने
-
विजय मल्ललाई प्राप्त पुरस्कार
-
सरसफाइ नहुँदा सुक्न थाल्यो पर्सा निकुञ्जभित्रको हलखोरिया दह
-
विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीव्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप
-
संविधान संशोधनको बहस र राजनीतिक सहमतिको औचित्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण