बैंकहरुले अब ग्राहकको खाताको पैसा मनलाग्दी ओभर ड्राफ्टमा लगानी गर्न नपाउने

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरूले अब मनलाग्दी तरिकाले ग्राहकहरूको खाताको पैसा ओभर ड्राफ्टमा कर्जा लगानी गर्न नपाउने भएका छन् । केन्द्रीय बैंकले एकीकृत निर्देशन, २०७८ तथा सो पश्चात् २०७९ माघ मसान्तसम्म जारी गरिएका परिपत्र तथा संशोधनहरू एकीकृत गरी तयार पारिएको एकीकृत निर्देशन, २०७९ जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।
‘ओभर ड्राफ्ट सीमा नाघ्ने गरी ग्राहकको चल्ती खाताबाट ओभर ड्राफ्ट गरी कर्जाको साँवा तथा ब्याज असुलउपर गर्न पाइने छैन’ राष्ट्र बैङ्कद्वारा जारी निर्देशनमा भनिएको छ ।
यसअघि बैंक तथा वित्तीय संस्थाहरूले ग्राहकको चल्ती खाताको पैसालाई ओभर ड्राफ्टमा लगानी गरी ब्याज कमाउने गर्थे । यसका लागि निश्चित सीमा तोकिएपनि केन्द्रीय बैंकले लगानीमा कडाइ गरेको थिएन । अब भने यसमा बैंकले हेर्ने भएको हो ।
ग्राहकको खाता खर्च गरी साँवा तथा ब्याज असुलउपर गर्दा खाता ओभर ड्राफ्ट भई हिसाब राफसाफ नभएको खण्डमा यसरी असुलउपर नभएका कर्जाहरूमा ओभर ड्राफ्ट गरेको साँवा रकम समेत बक्यौता कर्जा रकममा समावेश गरी त्यस्ता कर्जाहरू जुन वर्गमा पर्ने हो सो भन्दा एक तह मुनिको वर्गमा समावेश गर्नु पर्नेछ ।
तर, यस व्यवस्थाले ग्राहकको खातामा रहेको मौज्दात खर्च गरी साँवा तथा ब्याज असुलउपर गर्न बन्देज लगाएको भने मानिने छैन, राष्ट्र बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पटक-पटक बिजुली गएपछि मध्यरातमा विद्युत् प्राधिकरण तालचोकका कर्मचारीको मापसे चेक
-
यातायातको सुविधासँगै मालिकाधुरी यात्रा सहज बन्यो
-
गणेशजीको बार आज कुन राशिलाई कस्तो फल ?
-
लमजुङमा विद्युत् उत्पादन वृद्धि भएन
-
अरब सागरबाट भित्रियो जलवाष्पयुक्त हावा, कहाँ कहाँ छ वर्षाको सम्भावना ?
-
ट्रम्पले मध्यपूर्व टेक्नुअघि हमासले रिहा गरेका अलेक्जेन्डर फर्किए इजरायल