मङ्गलबार, ३० वैशाख २०८२
ताजा लोकप्रिय

इटालियन सिरी’ए : तेस्रो स्थानको एटलान्टा विजयी

मङ्गलबार, ३० वैशाख २०८२, ०५ : ३२
मङ्गलबार, ३० वैशाख २०८२

काठमाडौं । इटालियन सिरी’एमा तेस्रो स्थानको एटलान्टा विजयी भएको छ । पहिलो र दोस्रो स्थानमा रहेका नापोली र इन्टरबीच टक्कर देखिएका बेला एटलान्टाले समेत अंक दुरी घटाएको हो । 

घरेलु मैदानमा भएको खेलमा एटलान्टाले एएस रोमालाई २-१ गोल अन्तरले हरायो । एटलान्टालाई जिताउन इब्राहिम सुलेमानले निर्णायक गोल गरे । यसअघि खेलको नवौं मिनेटमा एडेमोला लुकम्यानले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । तर, ३२ औं मिनेटमा रोमाका ब्रायन क्रिष्टान्टेले गोल फर्काए ।

योसँगै एटलान्टाको २६ खेलबाट ७१ अंक हुँदा समान खेलबाट शीर्ष स्थानको नापोली र दोस्रो स्थानको इन्टरको क्रमशः ७८ र ७७ अंक छ । यस्तै, सिरी’ए अन्तर्गत अर्को खेलमा भेनेजियाले फायोरेटिंनालाई २-१ ले नै हरायो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप