इटालियन सिरी’ए : तेस्रो स्थानको एटलान्टा विजयी
मङ्गलबार, ३० वैशाख २०८२, ०५ : ३२
काठमाडौं । इटालियन सिरी’एमा तेस्रो स्थानको एटलान्टा विजयी भएको छ । पहिलो र दोस्रो स्थानमा रहेका नापोली र इन्टरबीच टक्कर देखिएका बेला एटलान्टाले समेत अंक दुरी घटाएको हो ।
घरेलु मैदानमा भएको खेलमा एटलान्टाले एएस रोमालाई २-१ गोल अन्तरले हरायो । एटलान्टालाई जिताउन इब्राहिम सुलेमानले निर्णायक गोल गरे । यसअघि खेलको नवौं मिनेटमा एडेमोला लुकम्यानले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । तर, ३२ औं मिनेटमा रोमाका ब्रायन क्रिष्टान्टेले गोल फर्काए ।
योसँगै एटलान्टाको २६ खेलबाट ७१ अंक हुँदा समान खेलबाट शीर्ष स्थानको नापोली र दोस्रो स्थानको इन्टरको क्रमशः ७८ र ७७ अंक छ । यस्तै, सिरी’ए अन्तर्गत अर्को खेलमा भेनेजियाले फायोरेटिंनालाई २-१ ले नै हरायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुर स्थित सिद्धपोखरी मर्मत धमाधम (तस्बिरहरू)
-
सानदार छनोट यात्रा पार गरेका आइभोरी कोस्ट र इक्वेडरबिच कडा टक्करको अपेक्षा
-
अमद डियालो : विश्वकपमा आइभोरी कोस्टका मुख्य हतियार
-
प्रहरी सङ्गठन जनताकाे पहिलो सरकार हो : मुख्यमन्त्री कार्की
-
रास्वपा प्रदेश सभापतिमा सांसदहरू नै पराजित
-
असार १ गतेदेखि चिया उद्योग बन्द हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण