बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सांसद भण्डारीको स्वास्थ्य अवस्थाबारे सभामुखको चासो

बिहीबार, ०४ फागुन २०७९, १० : ३०
बिहीबार, ०४ फागुन २०७९

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारी र उनकी आमाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । 

सभामुख घिमिरेले बिहीबार बिहान कीर्तिपुर अस्पतालका प्रमुख डा. किरण नकर्मीसँग भण्डारीको स्वास्थ्यअवस्था र उपचारबारे जानकारी लिएका हुन् । त्यस क्रममा सभामुख घिमिरेले उपचारमा कमी हुन नदिन र संवेदनशील हुन ध्यानाकर्षण गराउनुका साथै स्वास्थ्य लाभको कामना गरेका छन् । 

गए राति ग्यास सिलिन्डर विस्फोट हुँदा सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारी घाइते भएका थिए । यसैबीच सांसद भण्डारीको स्वास्थ्य अवस्था बुझ्न विभिन्न पार्टीका नेता कार्यकर्ता कीर्तिपुर अस्पताल पुगेका छन् । सांसद भण्डारीको उपचार नेपालमा सम्भव नहुने अस्पतालले जनाएको छ । तर भण्डारीले भने नेपालमै उपचार गराउने मनसाय व्यक्त गरेको पारिवारिक स्रोतले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप