सांसद भण्डारीको स्वास्थ्य अवस्थाबारे सभामुखको चासो
काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारी र उनकी आमाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
सभामुख घिमिरेले बिहीबार बिहान कीर्तिपुर अस्पतालका प्रमुख डा. किरण नकर्मीसँग भण्डारीको स्वास्थ्यअवस्था र उपचारबारे जानकारी लिएका हुन् । त्यस क्रममा सभामुख घिमिरेले उपचारमा कमी हुन नदिन र संवेदनशील हुन ध्यानाकर्षण गराउनुका साथै स्वास्थ्य लाभको कामना गरेका छन् ।
गए राति ग्यास सिलिन्डर विस्फोट हुँदा सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारी घाइते भएका थिए । यसैबीच सांसद भण्डारीको स्वास्थ्य अवस्था बुझ्न विभिन्न पार्टीका नेता कार्यकर्ता कीर्तिपुर अस्पताल पुगेका छन् । सांसद भण्डारीको उपचार नेपालमा सम्भव नहुने अस्पतालले जनाएको छ । तर भण्डारीले भने नेपालमै उपचार गराउने मनसाय व्यक्त गरेको पारिवारिक स्रोतले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण