अब्बल अम्पायर भएर देखाउँछु : सभामुख घिमिरे
स्याङ्जा । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आफू अहिले निर्णायकको भूमिकामा रहेकाले अब्बल निर्णायक भएर देखाउने बताएका छन् ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिकाद्वारा मंगलबार मिर्मीमा आयोजित खेलकुद महोत्सव एवं अध्यक्ष कप प्रतियोगिता, २०७९ को उद्घाटन गर्दै उनले निष्पक्षताका साथ अब्बल निर्णायकको भूमिका निर्वाह गर्ने बताएका हुन् ।
प्रतिनिधिसभाको सभामुखको भूमिकामा आफू रहेसँगै निष्पक्षताका साथ भूमिका निर्वाह होस् भन्ने धेरैको कामना रहेको भन्दै उनले आफू त्यो भूमिकामा अब्बल भएर देखाउने बताएका हुन् ।
“म अहिले अम्पायरको भूमिकामा छु र अब्बल अम्पायर भएर देखाउने छु”, उनले भने, “तर त्यसका लागि खेलाडी र टिमले राम्रो खेल प्रदर्शन गर्नुपर्छ, विजयी हासिल गर्ने काम टिम र खेलाडीमाथि भर पर्छ ।”
जनताले गरेका अपेक्षा पूरा गर्नका लागि तयार रहेको उनले बताए । भौतिक पूर्वाधार, बाटोघाटो, खेलमैदानको विकास तथा संस्कार संस्कृतिको संरक्षण र प्रवर्द्धनमा यहाँका स्थानीयवासीले आफूप्रति राखेको अपेक्षा पूरा गर्नका लागि सहजीकरण गर्ने उनले बताए ।
खेल जीवनको अभिन्न अङ्ग, जीविकाको आधार तथा राष्ट्रकै पहिचान बनाउन सक्ने भएकाले यसलाई व्यावसायिकतातर्फ जोड्दै जानुपर्नेमा उनले जोड दिए ।
गण्डकी प्रदेशसभा सदस्य महेश भट्टराई, निर्मला थापा, निवर्तमान प्रदेशसभा सदस्य मोहन रेग्मी, गाउँपालिकाका अध्यक्ष खीमबहादुर थापा, उपाध्यक्ष सावित्रा कोइरालालगायतले प्रतियोगिताको सफलता साथै निरन्तरताका लागि शुभकामना व्यक्त गरेका थिए । कालीगण्डकी पालिकास्तरीय प्रतियोगिता भोलि सकिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण