सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

पिकअप भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

शुक्रबार, १२ फागुन २०७९, ११ : ४९
शुक्रबार, १२ फागुन २०७९

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका–१० मा पिकअप भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको दमक नगरपालिका ४ का ३० वर्षीय विशाल सिटौला रहेका छन् । 

गम्भीर घाइते भएका उनको उपचारको क्रममा मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर उर्लाबारीमा मृत्यु भएको हो । मे १ च ४१७१ नम्बरको पिकअप भ्यानले मे ७ प ७५४३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । 

दुर्घटना लगतै चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय पथरीले जानकारी दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप