७ महिनामा ८५ लाख किलो अम्रिसो निर्यात, ५४ करोड भित्रियो
काठमाडौँ । चालू आर्थिक वर्ष २०७९/८० को ७ महिनाको अवधिमा नेपालबाट ८५ लाख ६० हजार किलोग्राम अम्रिसो (कुचो) निर्यात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू वर्षको साउन महिनादेखि माघ महिनासम्मको अवधिमा उक्त परिमाणको अम्रिसो निर्यात भएको हो ।
यसबापत निर्यातकर्ताले ५४ करोड ६९ लाख ५४ हजार रुपैयाँ विदेशी रकम नेपाल भित्र्याएका छन् । नेपालबाट निर्यात भएको सबै अम्रिसो (ब्रुम ग्रास) भारततर्फ गएको तथ्यांकले देखाउँछ । गत आर्थिक वर्ष २०७८÷७९ को ७ महिनाको अवधिमा ३६ करोड ५६ लाख ७७ हजार रुपैयाँको अम्रिसो निर्यात भएको थियो । उक्त अवधिमा नेपालबाट ७३ लाख ७४ हजार किलोग्राम अम्रिसो निर्यात भएको थियो ।
गत वर्षको तुलनामा चालू आर्थिक वर्षको ७ महिनामा अम्रिसोको निर्यात बढेको देखिएको छ । गत वर्षको यही अवधिको तुलनामा १८ करोड रुपैयाँभन्दा धेरै रकमको अम्रिसो निर्यात भएको विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५३ वर्षपछि ‘न्युयोर्क निक्स’ले उचाल्यो ‘एनबीए’ उपाधि
-
जनभावना विपरीतकाे अभिव्यक्तिले पार्टीको रक्षा हुँदैन : पोखरेल
-
जेनजी आन्दोलनमा जलेको भन्दै गण्डकीले खर्च गरेको साढे ४ अर्बको लेखा परीक्षण भएन
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
-
कीर्तिमान भङ्ग गर्ने दाउमा २१ वर्षे युवा सनसनी गुलेर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण