७ महिनामा ८५ लाख किलो अम्रिसो निर्यात, ५४ करोड भित्रियो

काठमाडौँ । चालू आर्थिक वर्ष २०७९/८० को ७ महिनाको अवधिमा नेपालबाट ८५ लाख ६० हजार किलोग्राम अम्रिसो (कुचो) निर्यात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू वर्षको साउन महिनादेखि माघ महिनासम्मको अवधिमा उक्त परिमाणको अम्रिसो निर्यात भएको हो ।
यसबापत निर्यातकर्ताले ५४ करोड ६९ लाख ५४ हजार रुपैयाँ विदेशी रकम नेपाल भित्र्याएका छन् । नेपालबाट निर्यात भएको सबै अम्रिसो (ब्रुम ग्रास) भारततर्फ गएको तथ्यांकले देखाउँछ । गत आर्थिक वर्ष २०७८÷७९ को ७ महिनाको अवधिमा ३६ करोड ५६ लाख ७७ हजार रुपैयाँको अम्रिसो निर्यात भएको थियो । उक्त अवधिमा नेपालबाट ७३ लाख ७४ हजार किलोग्राम अम्रिसो निर्यात भएको थियो ।
गत वर्षको तुलनामा चालू आर्थिक वर्षको ७ महिनामा अम्रिसोको निर्यात बढेको देखिएको छ । गत वर्षको यही अवधिको तुलनामा १८ करोड रुपैयाँभन्दा धेरै रकमको अम्रिसो निर्यात भएको विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुटपिटबाट घाइते किशोरको मृत्यु
-
वाईसीएलमा निर्वाचन नहुने, सहमतिमै नेतृत्व छान्ने तयारी
-
निर्माण सम्पन्न भएर अलपत्र आधारभूत अस्पतालहरु साउनबाट सञ्चालनमा ल्याइने
-
रासायनिक मलको विकल्प नखोजे भविष्यमा उर्वर भूमि मासिनेछ
-
बाहिर समर्थकले जीवन गुमाइरहँदा रङ्गशालाभित्र जितको खुसीयाली
-
किसानलाई मल चाहिएको छ, सरकारलाई कारखानाको चिन्ता