बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भारतमा सवारी दुर्घटना : ११ जनाको मृत्यु, १० जना घाइते

शुक्रबार, १२ फागुन २०७९, १५ : ४८
शुक्रबार, १२ फागुन २०७९

नयाँदिल्ली । मध्य भारतको छत्तीसगढमा भएको सवारी दुर्घटनामा ११ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

छत्तीसगढको राजधानी रायपुरबाट करिब ८५ किलोमिटर उत्तरमा पर्ने बालोदाबजार–भाटापारा जिल्लाको खमरिया गाउँको मुख्य सडकमा बिहीबार राति  मालसामान बोकेको ट्रक र पिकअप भ्यान एक आपसमा ठोक्किँदा ११ जनाको मृत्यु भएको तथा अन्य १० जना घाइते भएका हुन् ।

“हिजो राति भएको सडक दुर्घटनामा चार जना बालबालिकासहित ११ जनाको ज्यान गएको छ, घाइते १० जनालाई रायपुर अस्पताल भर्ना गरिएको छ”’ वरिष्ठ प्रहरी अधिकारी सिद्धार्थ बघेलले सञ्चारमाध्यमलाई भने । पीडितहरु अर्जुनी क्षेत्रमा पारिवारिक कार्यक्रममा गएर घर फर्किरहेका थिए ।

दुर्घटनाका सम्बन्धमा मुद्दा दर्ता गरिएको तथा त्यसको कारण पत्ता लगाउन प्रहरीले आदेश दिएको छ । भारतमा सडक दुर्घटनाहरू सामान्य मानिन्छन् । अधिक भार बोकेका सवारी साधन, जीर्ण सडक र लापरवाहीपूर्वक सवारी हाँक्दा बारम्बार सवारी दुर्घटना हुने गरेका छन् । 

एक तथ्याङ्कअनुसार भारतमा हरेक वर्ष हुने पाँच लाख सडक दुर्घटनामा करिब एक लाख ५० हजार मानिसको मृत्यु हुने गरेको छ । (रासस /सिन्ह्वा)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप