हरि दाइको लोभ
अभिराज खाती अन्जान
हरि दाइ आवश्यकता भन्दा बढी
खर्च गर्न खुब लोभ गर्नु हुन्छ
सबैजना उनलाई
लोभीको उपमाले चिन्छन्
हरि दाइ खुब दुःख गर्नु हुन्छ
र, कमाउनु हुन्छ
पसिना बेचेर केही हजारहरु
र, पूरा गर्नु हुन्छ
परिवारको हर आवश्यकताहरु
आफ्नो भने इच्छा र रहरहरु मारेर
केही बचेका रकम जम्मा गर्नु हुन्छ
साथीभाइ हरि दाइलाई
मोजमस्ती घुमफिरको लागि
निकै अफर गर्छन्
तर हरि दाइको ध्यान
त्यता कहिल्यै जाँदैन
उनको लक्ष्य भनेकै
परिवार खुसी राख्ने
र, केही रकम जम्मा गर्ने
अनि भविष्यमा गाह्रो सारो पर्दा
अरु सामु हात फैलाउन नपरोस्
भन्ने नै हो ।
किनकि उनले विर्सेको छैनन्
विगतका ती तीता अतीतहरु
एक छाक खान नपाउँदाको त्यो भोक
जाडोमा न्यानो लुगा नहुँदाको त्यो पीडा
बिमार हँुदा आफ्नाहरुले केही सहयोग नगरेका
र बोलीको काँडा जस्तो बिझाउने वचन।
छोरा छोरी र श्रीमतीको
सानो आवश्यकता पुरा गर्न
नसक्दाको त्यो परिस्थिति
गरिबीले पढ्न नसकेका कुरा
खर्च अभावमा आमा गुमाउनु परेको पीडा
गरिब हुँदा आफ्नाहरुले गरेका
ती नमीठा व्यवहार
साथ सहयोग गर्ने कोही नहुँदा
सबै जिम्मेवारी
आफ्नो काँधमा बोकेका हरि दाइ
यस्तै हजारौं पीडा भोगेर आएका छन्
र, आफ्ना सयौं इच्छा मारेर
एउटा आवश्यकता पूरा गर्छन् ।
उनी एक स्वाभिमानी मान्छे हुन्
उनी लोभ गर्छन्
तर धनी बन्न होइन,
आवश्यकता पूरा गर्न ।
थाहा नगरपालिका–४, मकवानपुर
हालः काठमाडौं
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन
-
नेटोले स्वीडेन र फिनल्याण्डमा सुरक्षा सतर्कता बढायो
-
विश्वकपमा भाग लिन इरानी टोली मेक्सिको प्रस्थान
-
कुवेत र बहराइनद्वारा इरानी आक्रमणको निन्दा
-
विश्वकपमा भाग लिन इरानी टोली मेक्सिकोका लागि प्रस्थान
-
१० बजे १० समाचार : रास्वपा जिल्ला अधिवेशनमा कुटाकुट, भारतसँग बहुआयामिक साझेदारीकाे प्रतिबद्धता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण