शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
कविता

धन्य तिमी

शनिबार, १३ फागुन २०७९, ०८ : ५०
शनिबार, १३ फागुन २०७९

कपिल भट्ट  
इतिहासका पाना पल्टाउँदै होस् 
वा इतिहासका कुरा गर्दै गर्दा होस्  
तिम्रो त्यो ठाडो शिर कहिल्यै झुक्न सकेन ।
आफ्नो महिमा तिमीले आफै बढायो
तर, समयको कालन्तरमा 
देश बनाउने भनाउँदा नेताहरूले,
तिम्रोे स्वभिमान बचाएको भन्ने सुनिन पुग्यो
तीनै नेता भनाउँदाहरूको मुखारबिन्दबाट 
तर, तिम्रो यो अस्तित्व,
तिम्रो यो स्वाभिमान,
तिम्रो यो सम्मान,
केवल मात्र केवल तिम्रा 
ती असल सपुतले जोगाएका हुन् 
जसले आफ्नो प्राणको 
प्रवाह नगरी सङघर्ष गरे ।

घाम पानी नभनी,
आगो हुरी नभनी, 
दुःख सुख नभनी
निरन्तर लागी रहे  
तिम्रो स्वाभिमान जोगाउन ।
कहिल्यै फाँसी चढ्न तयार भए,
कहिल्यै नाङगोे छातीमा 
गोली खान तयार भए,
सङघर्षले यो मुलुक 
र, तिमीलाई  बचाए ।

तिम्रा ती लोचनहरूबाट 
गुप्त रूपमा खसिरहेका 
आँसु हेर्न नसकी 
आफ्नो प्राणको बलि चढाए
र, पो आजसम्म 
तिमी कसैको अधीनमा रहेनौ
र, पो आजसम्म 
तिमी कसैको गुलाम भएनौ
र, पो आज तिमी संसारमा 
नेपाल आमा भनेर चिनियौ
तर, फेरि आज तिमीलाई
त्यस्तै वीर सपुतहरूको खाँचो छ 
त्यस्तै वीर योद्धाहरूको खाँचो छ
अहिले त यहाँ कोही सत्तामा पुग्छ अनि
सत्तामा टेक्न नपाउँदै 
अर्को सत्तामा पुग्न तम्सिन्छ
यहाँ कहिले सासुको पालो,
कहिले बुहारीको भन्दै
सत्ताम पुग्न मरिहत्ते गर्छन् 
कुर्सीमा बस्न मरिहत्ते गर्छन् 
धन्य त्यो कुर्सी
अनि धन्य तिमी ।

अब अबेर भैसक्यो, 
अब समयले नेटो काटिसक्यो
के हेरेर बसिराखेका छौँ ?
जन्म देऊ,
अब त्यस्तै वीर पुरूषहरूलाई
ता कि यी दरिद्रताका दिनहरू अब देख्न  नपरोस्
ता कि यी खिँचातानीका  दिनहरू अब देख्न नपरोस्
ता कि यी द्वन्द्व र बन्दका दिनहरू अब देख्न् नपरोस्
बस्, यही आशा राख्छौँ अब
विगतका दिनहरू 
जे जसरी बिताए पनि बितायो
तिम्रो त्यो महानता अतुल्य छ
धन्य तिमी । 
धन्य तिमी ।।
शुक्लाफाँटा नपा–५, कञ्चनपुर


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप