छुट्ने छौ एकदिन
सुजन राना ब्लुज
जन्मपछि मृत्यु
सुरुवातपछि अन्त्य
मिलनपछि बिछोड
सुन्दा, पढ्दा जति सानो छ
भोग्दा, महसुस गर्दा भयंकर ठूलो छ
नचाहदा नचाहदै सम्बन्धको जन्म भयो
उस्तै गरी सम्बन्धको मृत्यु भयो
उस्तै गरी सुरुवात भयो
उस्तै गरी अन्त्य पनि भयो
उस्तै गरी मिलन भयो
उस्तै गरी बिछोड भयो
तपाईंलाई लाग्दो हो
भेट्नु छुट्नु सामान्य हो
यो प्रक्रिया चलिरहन्छ जिन्दगीमा
मलाई लाग्छ,
यदि छुट्नु छ भने
भेट नै नहोस्
जिन्दगीमा कोही कसैसँगकिन ?
प्रश्न आउन सक्छ,
मसँग पर्याप्त र चित्तबुझ्दो
जवाफ नहोला
तर एउटैमात्र जवाफ छ
त्यो हो मलाई गुमाउन डर लाग्छ ।
गुमाउने डर मनमा हुँदाहुँदै पनि
जान्छु भन्नेहरुलाई
नजाउ भन्न सक्दिनँ
रुन सक्दिनँ, कराउन सक्दिनँ
बाटो छेक्न सक्दिनँ
विदाई पनि त गर्न सक्दिनँ
हो,यो सत्य हो
बचपन छुटे जस्तै
साथी छुटे जस्तै
ओठबाट चुरोटको धुवाँ
छुटे जस्तै
कान्छी,
तिमी पनि छुट्ने छौ एकदिन ।
छुट्ने छौ एकदिन ।।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन
-
नेटोले स्वीडेन र फिनल्याण्डमा सुरक्षा सतर्कता बढायो
-
विश्वकपमा भाग लिन इरानी टोली मेक्सिको प्रस्थान
-
कुवेत र बहराइनद्वारा इरानी आक्रमणको निन्दा
-
विश्वकपमा भाग लिन इरानी टोली मेक्सिकोका लागि प्रस्थान
-
१० बजे १० समाचार : रास्वपा जिल्ला अधिवेशनमा कुटाकुट, भारतसँग बहुआयामिक साझेदारीकाे प्रतिबद्धता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण