सभामुखद्वारा सांसद रहनमानको निधनप्रति शोक व्यक्त
शनिबार, १३ फागुन २०७९, १७ : २२
काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा सदस्य शहनाज रहमानको निधनप्रति शोक व्यक्त गरेका छन् । सभामुख घिमिरेले शनिबार भक्तपुरस्थित मध्यपुर थिमि अस्पताल पुगेर स्व.रहमानको आत्माको चिरशान्तिको कामना गर्दै शोकाकूल परिवारजमा समवेदना प्रकट गरेका हुन् । सभामुख घिमिरेले स्व. रहमानका छोरी तथा परिवारका सदस्यहरुसँग भेट गरी घटनाबारे जानकारी समेत लिएका छन् ।
६३ वर्षीय रहमान जनता समाजवादी पार्टीबाट समानुपातिकतर्फका सांसद हुन् । झापाको भद्रपुर स्थायी बासिन्दा रहेकी उनका श्रीमान् र पाँच छोरी छन् । भक्तपुरमा पिकनिक कार्यक्रममा सहभागी हुने क्रममा अस्वस्थ भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रमममा उनको शनिबार निधन भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण