शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सभामुखद्वारा सांसद रहनमानको निधनप्रति शोक व्यक्त

शनिबार, १३ फागुन २०७९, १७ : २२
शनिबार, १३ फागुन २०७९

काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा सदस्य शहनाज रहमानको निधनप्रति  शोक व्यक्त गरेका छन् ।  सभामुख घिमिरेले शनिबार भक्तपुरस्थित मध्यपुर थिमि अस्पताल पुगेर स्व.रहमानको आत्माको चिरशान्तिको कामना गर्दै शोकाकूल परिवारजमा समवेदना प्रकट गरेका हुन् । सभामुख घिमिरेले स्व. रहमानका छोरी तथा परिवारका सदस्यहरुसँग भेट गरी घटनाबारे जानकारी समेत लिएका छन् ।

६३ वर्षीय रहमान जनता समाजवादी पार्टीबाट समानुपातिकतर्फका सांसद हुन् । झापाको भद्रपुर स्थायी बासिन्दा रहेकी उनका श्रीमान् र पाँच छोरी छन् । भक्तपुरमा पिकनिक कार्यक्रममा सहभागी हुने क्रममा अस्वस्थ भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रमममा उनको शनिबार निधन भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप