शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

सिसोदिया र जैनद्वारा राजीनामा

मङ्गलबार, १६ फागुन २०७९, १९ : ०४
मङ्गलबार, १६ फागुन २०७९

नयाँ दिल्ली । दिल्ली सरकारका उपमुख्यमन्त्री मनिष सिसोदिया र स्वास्थ्यमन्त्री सत्येन्द्र जैनले आफ्नो पदबाट राजीनामा दिएका छन्। समाचार एजेन्सी एएनआईका अनुसार मुख्यमन्त्री केजरीवालले उनीहरुलाई स्वीकार पनि गरेका छन् । यसअघि सर्वोच्च अदालतले मनिष सिसोदियाको जमानत याचिका सुनुवाइ गर्न अस्वीकार गर्दै उच्च अदालतमा जान आग्रह गरेको थियो।

सीबीआईको पाँच दिनको रिमान्डमा पठाएको एक दिनपछिसिसोदियामंगलबार सर्वोच्च अदालतमा पुगेका थिए। जुन २०२२ मा ईडीले केजरीवाल सरकारका शक्तिशाली मन्त्री सत्येन्द्र जैनलाई मनी लान्ड्रिङसँग सम्बन्धित मुद्दामा पक्राउ गरेको थियो । सत्येन्द्र जैनसँग दिल्लीको गृह र स्वास्थ्य विभाग बाहेक ऊर्जा, पीडब्लूडी, उद्योग, शहरी विकास, बाढी-सिंचाई र जलस्रोत जस्ता विभागहरूको जिम्मेवारी थियो।

दिल्लीको शकुर बस्तीका विधायक जैन आम आदमी पार्टीका संयोजक र दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालका निकटतम सहयोगी मध्येका एक हुन्। जैन सन् २०११ मा अन्ना हजारेको नेतृत्वमा सुरु भएको भ्रष्टाचार विरोधी आन्दोलनमा संलग्न थिए । ठीक एक वर्षपछि जब आम आदमी पार्टी गठन भयो, उनी केजरीवालसँगै यसमा सामेल भए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप