औषधि कारखाना विस्फोटमा परी दुई जनाको मृत्यु
मङ्गलबार, १६ फागुन २०७९, १९ : ११
नयाँदिल्ली । भारतको पश्चिमी राज्य गुजरातमा एक औषधि कारखानामा भएको विस्फोटनमा कम्तीमा दुई जनाको मृत्यु हुनुको साथै अन्य दुई घाइते भएका जनाइएको छ ।
गुजरातको राजधानी गान्धीनगरबाट करिब तीन सय ९८ किलोमिटर दक्षिणमा पर्ने वल्साड जिल्लाको सारिगाममा अवस्थित गुजरात औद्योगिक विकास निगम (जीआईडीसी) मा राति विस्फोट भएको थियो ।
विस्फोटका कारण कारखानामा आगो लगी हुँदा भवनका केही भाग ध्वस्त भएको जनाइएको छ ।
घटनामा दुई जनाको मृत्यु हुनुको साथै र दुई जना घाइते भएको ती घाइतेलाई अस्पताल लगिएको प्रहरी अधिकारीले जानकारी दिएका छन् । (रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समाजवादी र लोकतान्त्रिक मूल्यको रक्षाका लागि साझा अभियान घोषणा गरिँदै
-
रिट्ज–कार्लटन र वेस्टिन नेपाल भित्रिनु देशको पर्यटनका लागि विश्वव्यापी सन्देश हो : विनोद चौधरी
-
ईभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव
-
सरकारले भन्याे– आइतबारको बिदा खारेज गर्न लागिएको होइन
-
किमाथाङ्कामा शुक्रबारदेखि इन्टरनेट सेवा बन्द
-
सरकारमाथि निगरानी गर्दै कांग्रेस, अब मन्त्रालयगत संयोजक सक्रिय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण