चौथो त्रैमासिकमा भारतको जीडीपी वृद्धिदर ४.४ प्रतिशतले घट्यो
मङ्गलबार, १६ फागुन २०७९, २२ : ०४

नयाँदिल्ली । भारतको आर्थिक वृद्धि दर सन् २०२२ को चौथो त्रैमासिकमा ४.४ प्रतिशतमा झरेको छ ।
तथ्याङ्क र कार्यक्रम कार्यान्वयन मन्त्रालयको सङ्घीय राष्ट्रिय तथ्याङ्क कार्यालय (एनएसओ) द्वारा मङ्गलबार जारी गरिएको तथ्याङ्कले गत अक्टोबरदेखि डिसेम्बरमा कूल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धि जुलाईदेखि सेप्टेम्बरमा ६.३ प्रतिशतबाट ४.४ प्रतिशतमा झरेको देखाएको छ ।
सरकारले जारी गरेको दोस्रो अग्रिम अनुमानअनुसार भारतको जीडीपी आर्थिक वर्ष २०२२–२३ का लागि ७ प्रतिशतले बढ्न सक्ने अनुमान छ ।-(रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सगरमाथा संवाद’ को तयारी पूरा, शुक्रबार उद्घाटन हुने
-
श्रीमानको मृत्युपछि अदालतले दिनु भनेको सम्पत्ति पनि दिएनन्
-
विकासकाे गतिमा यसरी अघि बढ्दैछ पालुङटार
-
चौधरीलाई मन्त्री बनाउन संसदीय दलको सिफारिस
-
१० बजे १० समाचार : अख्तियारको फन्दामा 'ठुलो माछा', केहीलाई ‘उन्मुक्ति’
-
माओवादी केन्द्रप्रति जनताको आकर्षण बढेको छ : अध्यक्ष दाहाल