शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रामप्रसाद राईका बारेमा थप अध्ययन आवश्यक : सभामुख घिमिरे

बिहीबार, १८ फागुन २०७९, १५ : ४८
बिहीबार, १८ फागुन २०७९

काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रजातान्त्रिक योद्धा रामप्रसाद राईबारे थप खोजी, अध्ययन र अनुसन्धान आवश्यक रहेको बताएका छन् ।

रामप्रसाद राईको ११४ औं जन्म जयन्तीका अवसरमा बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा सभामुख घिमिरेले तथ्यपरक र खोजमूलक अनुसन्धान गर्न आग्रह गरे ।

‘रामप्रसाद राईको योगदानका बारेमा इतिहास यथार्थपरक आउन सकेको छैन,’ उनले भने, ‘तथ्यपरक, खोजमूलक अनुसन्धानका लागि अध्येता लागिरहनुभएको छ, त्यस्ता लिखत, कृति प्रकाशन गर्न आवश्यक छ ।’

रामप्रसाद राई प्रतिष्ठान लगायतका कतिपय संस्था र व्यक्तिहरूले राईलाई राष्ट्रिय विभूतिका रूपमा सम्मान गरियोस् भन्ने मागमा आफ्नो सकारात्मक पहल रहने सभामुखको भनाइ छ । उनले रामप्रसाद राई लगायतका सहिदहरूको चाहना अनुसार व्यवस्थामा परिवर्तन भएपनि अझै अवस्थामा परिवर्तन हुन नसकेको उल्लेख गरे ।

सभामुख घिमिरेले रामप्रसाद राईको योगदानलाई सजीव रूपमा प्रस्तुत गर्न नाटक मञ्चन हुन लागेको खबरले आफूलाई खुसी तुल्याएको बताए । 

कार्यक्रममा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राईलगायतले रामप्रसाद राईको ऐतिहासिक योगदानबारे चर्चा गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप