सभामुख घिमिरे ९ सदस्यीय टोलीको नेतृत्व गर्दै बहराइन जाने
बिहीबार, १८ फागुन २०७९, १८ : ३७
काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे ९ सदस्यीय टोलीको नेतृत्व गर्दै बहराइन जाने भएका छन् । यही फागुन २७ गतेदेखि चैत २ गतेसम्मका लागि बहराइनमा हुन लागेको अन्तर व्यवस्थापिका संघ (आइपियू) को १४६ औं महासभामा भाग लिनका लागि फागुन २७ गते त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।
सभामुखको नेतृत्वमा रहेको भ्रमण टोलीमा प्रतिनिधिसभाका महासचिव डा.भरतराज गौतम, सचिव गोपालनाथ योगी, नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार, राष्ट्रियसभा सदस्य इन्दू कँडरिया रहनेछन् ।
यस्तै सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराई, शाखा अधिकृत राजन घिमिरे पनि भ्रमण टोलीमा रहेका छन् । अन्तर व्यवस्थापिका संघ विश्वभर रहेका देशहरुका सांसदहरुको महासभा हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण