कक्षा ७ मा पढ्दा महिला आफन्तले यौन दुर्व्यवहार गरिन् : पियुष मिश्रा
मुम्बई । अभिनेता तथा गायक पियुष मिश्राले भर्खरै एक अन्तर्वार्तामा आफू कक्षा ७ मा पढ्दा एक महिला आफन्तले आफूमाथि यौन दुर्व्यवहार गरेको खुलाएका छन् । आफ्नो आत्मकथा ‘तुम्हारी औकात क्या है पियुष मिश्रा’ को बारेमा कुरा गर्दै उनले सो कुरा सुनाएका हुन् ।
करिब ५० वर्षअघि भएको यो दुर्घटनाले आफूलाई नराम्रोसँग हल्लाएको पियुष बताउँछन् । आज पनि उनी यसबाट पूर्ण रूपमा बाहिर आउन नसकेको उनको भनाई छ । पियुषले समाचार एजेन्सी पीटीआईसँग आफ्नो आत्मकथामा यौन उत्पीडनको घटना उल्लेख गरे पनि महिलाको नाम र पहिचान भने नखुलाएको बताए। ‘मेरो उद्देश्य कसैसँग बदला लिने होइन,’ पियुषले भने, 'कक्षा ७ मा भएको यो घटनाले म स्तब्ध भएको थिएँ ।'
पियुषले थप भने, ‘शारीरिक सम्बन्ध यस्तो चिज हो जसमा तपाईंको पहिलो अनुभव सधैँ राम्रो हुनुपर्छ । अन्यथा यसले तपाईंलाई जीवन भरको लागि सताउँछ । त्यो यौन उत्पीडनले मलाई जीवनभरको पीडा दियो र निको हुन धेरै समय लाग्यो । त्यसबाट बाहिर आउन म भित्रको कलाले धेरै मद्दत गर्यो । म व्यक्तिको परिचय खुलाउन चाहन्न । अब म कुनै कुराको बदला लिन चाहन्नँ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीको अन्नपूर्ण : १७ करोड विकास बजेट, साढे ११ करोड सडकमै
-
निर्वाचनअघि हलभित्रै छमछमी नाच्दै मन्त्रीदेखि पदाधिकारीसम्म, तस्बिरहरू
-
१० करोडले बढ्यो मनहरीको बजेट
-
हिजबुल्लाहद्वारा मार्चयता इजरायलमा ७ हजारभन्दा बढी रकेट र ड्रोन प्रहार
-
एमआरपीभन्दा बढी मूल्यमा आइसक्रिम बिक्री गरेको भेटिएपछि बसेरा बुटिक होटललाई २ लाख जरिवाना
-
रुपाको बजेट साढे ५५ करोड, किसानका लागि प्राथमिकता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण