मुटुको शल्यक्रियापछि सुष्मिता सेनले दिइन् स्वास्थ्यबारे जानकारी : भनिन्, ‘९५ प्रतिशत ब्लकेज थियो’
बलिउड अभिनेत्री सुष्मिता सेनले केही दिन अघि शल्यक्रिया भएको थियो । उनी हाल निको हुने प्रक्रियामा छिन् । हालै उनी इन्स्टाग्राम लाइभ सेसनमा यसबारे जानकारी दिएकी हुन् । प्रशंसकसँगको कुराकानीमा उनले आफूलाई सकारात्मक राखिरहेको र परिवारका सबै सदस्य आफूसँग भएको बताइन् ।
सुष्मिताले लाइभ सेसनमा आफूमाथि के भएको थियो भनेर पनि कुराकानी गरेकी छिन् ।
उनले भनिन्, ‘म निकै ठुलो हृदयाघातबाट बाँचेकी छु । निकै ठुलो हृदयाघात भएको थियो । मुख्य धमनीमा ९५ प्रतिशत ब्लकेज थियो । यो मेरो जीवनको एक चरण थियो र यो सिद्धियो । मेरो मनमा अब कुनै कुराको डर छैन ।’ यसका साथै सुष्मिता सेनले नानावती अस्पतालका डाक्टरलाई धन्यवाद दिएकी छिन् ।
उनले थपिन्, ‘म अब कुनै पनि कुरालाई भिन्न तरिकाले हेर्न सकिरहेको छु । मेरो मनमा कुनै पनि खालको डर छैन । म सोच्छु कि मैले आफूसँग नै बाचा गर्नुपर्छ र केही कुरालाई एक कदम अघि बढेर हेर्नु पर्छ । ’
आफूलाई फूल पठाउनेहरूका लागि सुष्मिता सेनले भनिन्, ‘जति मानिसहरूले मलाई फूल पठाउनुभएको छ, त्यसले मेरो घर भरिएको छ र अब त्यो ‘गार्डन अफ इडन’ जस्तो लागिरहेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण