बहालवाला प्रधानमन्त्रीलाई मुद्दा लगाएर निहुँ खोजियो : बाबुराम भट्टराई
काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले बहालवाला प्रधानमन्त्रीलाई मुद्दा लगाएर निहुँ खोजिएको बताएका छन् । जनयुद्धका सहिद तथा बेपत्ता सन्तति फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा बोल्दै भट्टराईले बहालवाला प्रधानमन्त्रीलाई गिरफ्तार गर्ने मुद्दा लगाएर जिस्क्याउन खोजेको बताए ।
‘बहालवाला प्रधानमन्त्रीलाई मुद्दा लगाउने हो ? यो निहुँ खोज्या होइन ? तीन वर्ष अघि सामान्य भनेको अभिव्यक्तिलाई लिएर बहालवाला प्रधानमन्त्रीलाई गिरफ्तार गर्ने मुद्दा लगाऊ भन्न मिल्छ ?’ भट्टराईले भने, ‘यो निहुँ खोज्या हो जिस्केको होइन ? यस्ता कुरामा सबै माओवादी घटकहरू सहकार्य गर्न सक्छौ।’
अब माओवादी नाममा धेरै मोह नगरेर सबै पूर्व माओवादीहरू एक हुनुपर्ने भट्टराईले बताए । ‘मैले अठोट गरेको छु । अब नयाँ पुस्ता आउनुपर्छ । अरूले चुनाव नलड् भनेर होइन । मलाई अझै पनि जनताले जिताउने थिए । म ६९ वर्ष भइसके अब नयाँ साथीहरू आउनुपर्छ भनेर छोडेको हुँ’ भट्टराईले भने, ‘पार्टीलाई जनवादीकरण गर्नुपर्छ । नयाँ आधारमा एकता गर्न सकिन्छ । अब माओवादी भनेर पार्टी बनाइ राख्न जरुरी छैन ।’ अब फेरि सबै माओवादी एक भएर जानुको विकल्प नरहेको उनले बताए ।
‘मैले मन बनाइसकेको छु । पार्टी एकता गर्न गला मिलाउनुभन्दा अघि बहस गरौँ । मिल्न सक्नेहरू एउटै पार्टी बनाएर जाऊँ । एकता हुन नसक्नेहरू मोर्चा गरेर जाऊँ’ भट्टराईले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
रूस र युक्रेनबिच तनाव बढ्दै, ड्रोन आक्रमण र प्रतिकार जारी
-
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
-
कोबोली फ्रेन्च ओपनको फाइनलमा, आर्नाल्डी बाहिरिए
-
मलाई न्याय र राजनीतिमा मात्र सीमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँ: सुशीला कार्की
-
काठमाडौँमा कलिङ्गा साहित्य महोत्सव सुरु (तस्बिरहरु)
-
मिथिला खानपानमा आँपको अचार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण