बहालवाला प्रधानमन्त्रीलाई मुद्दा लगाएर निहुँ खोजियो : बाबुराम भट्टराई

काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले बहालवाला प्रधानमन्त्रीलाई मुद्दा लगाएर निहुँ खोजिएको बताएका छन् । जनयुद्धका सहिद तथा बेपत्ता सन्तति फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा बोल्दै भट्टराईले बहालवाला प्रधानमन्त्रीलाई गिरफ्तार गर्ने मुद्दा लगाएर जिस्क्याउन खोजेको बताए ।
‘बहालवाला प्रधानमन्त्रीलाई मुद्दा लगाउने हो ? यो निहुँ खोज्या होइन ? तीन वर्ष अघि सामान्य भनेको अभिव्यक्तिलाई लिएर बहालवाला प्रधानमन्त्रीलाई गिरफ्तार गर्ने मुद्दा लगाऊ भन्न मिल्छ ?’ भट्टराईले भने, ‘यो निहुँ खोज्या हो जिस्केको होइन ? यस्ता कुरामा सबै माओवादी घटकहरू सहकार्य गर्न सक्छौ।’
अब माओवादी नाममा धेरै मोह नगरेर सबै पूर्व माओवादीहरू एक हुनुपर्ने भट्टराईले बताए । ‘मैले अठोट गरेको छु । अब नयाँ पुस्ता आउनुपर्छ । अरूले चुनाव नलड् भनेर होइन । मलाई अझै पनि जनताले जिताउने थिए । म ६९ वर्ष भइसके अब नयाँ साथीहरू आउनुपर्छ भनेर छोडेको हुँ’ भट्टराईले भने, ‘पार्टीलाई जनवादीकरण गर्नुपर्छ । नयाँ आधारमा एकता गर्न सकिन्छ । अब माओवादी भनेर पार्टी बनाइ राख्न जरुरी छैन ।’ अब फेरि सबै माओवादी एक भएर जानुको विकल्प नरहेको उनले बताए ।
‘मैले मन बनाइसकेको छु । पार्टी एकता गर्न गला मिलाउनुभन्दा अघि बहस गरौँ । मिल्न सक्नेहरू एउटै पार्टी बनाएर जाऊँ । एकता हुन नसक्नेहरू मोर्चा गरेर जाऊँ’ भट्टराईले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सिद्धान्त र प्राथमिकताबारे माओवादी : ‘हिँड्न खोजेको बनेपातिर, पाइला थानकोटतिर’
-
शेयर बजारमा दोहोरो अङ्कको गिरावट, ९ अर्ब ६३ करोड कारोबार
-
महिला टी–२० विश्वकप छनोट : नेपालले हङ्कङलाई दियो ३० रनको लक्ष्य
-
रवीन्द्र मिश्रलगायतको रिहाइ माग गर्दै १२ दिनदेखि रिले अनशन
-
समाजवादी महिला संघ नेपालको अध्यक्षमा निर्मला यादव निर्वाचित
-
फ्रिजमा राख्नै हुन्न यी खानेकुरा