सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

तेल उत्पादनमा साउदी अरबको यो भनाइ अमेरिकाका लागि प्रहार हो ?

बुधबार, २४ फागुन २०७९, ०८ : १५
बुधबार, २४ फागुन २०७९

साउदी अरबका विदेश मन्त्रीले तेल उत्पादनमा लिइएको निर्णय सही भएको बताएका छन् । 

उक्त निर्णयले ओपेक प्लस देशहरूबीच भएको सहमतिलाई प्रतिबिम्बित गर्ने र यस वर्ष तेल उत्पादन नबढाउने आफ्नो हालको नीति सही रहेको साउदी अरबले विश्वास गरेको छ ।

यो बयान यस कारण महत्त्वपूर्ण छ किनभने रुसमाथि प्रतिबन्ध लगाएपछि अमेरिकाको साउदी अरबमा तेल उत्पादन बढाउनका लागि दबाब रहेको छ । 

गत वर्ष अमेरिकी राष्ट्रपति जो बाइडेनले तेल उत्पादन बढाउन मोहम्मद बिन सलमानलाई राजी गर्नका लागि साउदी अरबको भ्रमण गरेका थिए । तर, यसको प्रभाव लामो समयसम्म रहन सकेन र साउदी अरबले तेल उत्पादन बढाएन ।

युक्रेन युद्ध पछि, बाइडेन प्रशासनले जी–सेभेनका देशहरूले तेल निर्यातबाट आय कम गर्न रुसी तेलमा मूल्य क्याप पनि लगाएको छ । ओपेक प्लस देशको उत्पादन नबढ्दा रुसको आम्दानी बढी हुनेछ ।

तेल उत्पादक राष्ट्रहरूको ओपेक प्लस समूहको नेतृत्वमा रुस छ । यस्तै, साउदी अरबको ओपेक देशहरूमा वर्चस्व छ । साउदीमाथि के आरोप लाग्छ भने ऊ तेल उत्पादनको मामिलामा रुसको लाइनमा छ ।

साउदी अरब विदेश मन्त्री प्रिन्स फैसल बिन फरहानले लन्डनमा सञ्चारकर्मीसँगको कुराकानीमा भने, ‘हामीले सधैँ भन्दै आएका छौँ कि हामी एक स्थिर बजारका लागि प्रतिबद्ध छौँ । हामीलाई लाग्छ कि बजारलाई यस वर्षको अन्त्यसम्म उत्पादनमा कुनै परिवर्तनको आवश्यकता छ ।’

उनले थपे, ‘ओपेक र ओपेक प्लस देशहरू बीच सबै निर्णयहरू सबै साझेदारहरूसँग व्यापक परामर्श पछि लिइन्छ । ओपेक प्लस देशहरूको तर्फबाट अन रेकर्ड दिइएका सबै बयान एक आम सहमतिलाई देखाउँछ ।’ 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप