सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

नारी दिवस पारेर ‘जुलेबी’ को फष्टलुक सार्वजनिक

बुधबार, २४ फागुन २०७९, १० : २१
बुधबार, २४ फागुन २०७९

काठमाडौँ । फिल्म ‘जुलेबी’ को फस्टलुक सार्वजनिक गरिएको छ । नारी दिवसको अवसर पारेर निर्माण युनिटले फिल्मको एक पोस्टर फष्टलुकको रूपमा ल्याएको हो ।

गणेश देव पाण्डेको निर्देशन रहेको फिल्ममा सुरक्षा पन्त, उषा रजक, निशा अधिकारी, मोनिका थापा, सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा लगायत कलाकारको अभिनय छ ।

एथोलजी विधामा रहेर निर्माण गरिएको फिल्ममा नारी पात्रको सशक्त र अब्बल अभिनय रहेको बताइन्छ  । ४ नारीको कथामा निर्माण भएको फिल्ममा नारीका अनेक रूपको कथा बुनिएको छ । फिल्मको निर्माता आभा शर्मा नेपाल हुन् ।

फोर क्युब इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मको प्रदर्शन मिति जुर्न बाँकी रहेको छ । ‘मञ्जरी’, ‘गाजा बाजा’ लगायत फिल्म बनाएका निर्देशक पाण्डेले फिल्मले समाजमा नारीको विषयमा सकारात्मक सन्देश छोड्ने बताए ।

विवेक खड्काको छायाङ्कन, अन्जय खड्काको सम्पादन रहेको फिल्मको कार्यकारी निर्माता नवीन भट्ट हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप