सन्दर्भः नारी दिवस
नारी तिमी अद्भूत साहसी
बुधबार, २४ फागुन २०७९, १५ : १३

पंख फिजाउँदै गहिरो समुन्द्रमा
डुब्न सक्ने अद्भूत साहस छ तिमीमा
प्रकृति र समाजले ठगेता पनि
विचित्रको खास छ तिमीमा
मध्यरातको घनघोर र डरलाग्दो समयमा
एक्लै हिँड्न सक्ने आँट छ तिमीमा
तिमीलाई तिम्रो मुटु नै पोल्ने गरी
जवाफ दिएपनि, सहन सक्ने शक्ति छ तिमीमा
तिमी भएकै कारण समाजले दिने उपनाममा
देखावटी मुस्कान पस्कन सक्ने क्षमता छ तिमीमा
इज्जत र परिश्रममा अडिक भई
बाँच्न सक्ने आत्मविश्वास छ तिमीमा
तिम्रै सृष्टिले चलेको ब्रह्माण्डमा
तिमीलाई नै गरेको अपमान र असहजताको,
बारुदलाई तिम्रा नयनवाट झरेका धारले
पगाल्न सक्ने साहस छ तिमीमा
आँट, साहस क्षमता र आत्मविश्वसले नै
तिमी तिमीमा प्रमाणित अभास छ तिमीमा ।