सन्दर्भः नारी दिवस
नारी तिमी अद्भूत साहसी
बुधबार, २४ फागुन २०७९, १५ : १३
पंख फिजाउँदै गहिरो समुन्द्रमा
डुब्न सक्ने अद्भूत साहस छ तिमीमा
प्रकृति र समाजले ठगेता पनि
विचित्रको खास छ तिमीमा
मध्यरातको घनघोर र डरलाग्दो समयमा
एक्लै हिँड्न सक्ने आँट छ तिमीमा
तिमीलाई तिम्रो मुटु नै पोल्ने गरी
जवाफ दिएपनि, सहन सक्ने शक्ति छ तिमीमा
तिमी भएकै कारण समाजले दिने उपनाममा
देखावटी मुस्कान पस्कन सक्ने क्षमता छ तिमीमा
इज्जत र परिश्रममा अडिक भई
बाँच्न सक्ने आत्मविश्वास छ तिमीमा
तिम्रै सृष्टिले चलेको ब्रह्माण्डमा
तिमीलाई नै गरेको अपमान र असहजताको,
बारुदलाई तिम्रा नयनवाट झरेका धारले
पगाल्न सक्ने साहस छ तिमीमा
आँट, साहस क्षमता र आत्मविश्वसले नै
तिमी तिमीमा प्रमाणित अभास छ तिमीमा ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४ सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र
-
भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन – सचेतक परियार
-
रोपाइँमा व्यस्त हुन थाले पूर्वआईजीपी खापुङ
-
विश्वकप : कुन टोलीको जर्सी उत्कृष्ट ?
-
न्यौपानेलाई एक भोट अन्तरले हराउँदै कास्की रास्वपा सभापतिमा अधिकारी विजयी
-
सरकारी निकायमा हुने गरेका सेटिङ’ र बिचौलियातन्त्र अन्त्य हुँदैछ – मन्त्री तिमिल्सिना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण