अन्तर व्यवस्थापिका संघको बैठकमा भाग लिन सभामुख घिमिरे बहराइन प्रस्थान
काठमाडौँ । सभामुख देवराज घिमिरे अन्तर–व्यवस्थापिका सङ्घको १४६ औँ बैठकमा भाग लिन बहराइन प्रस्थान भएका छन् ।
यही फागुन २७ देखि चैत २ गतेसम्म बहराइनको मानामामा उञ्चालन हुने उक्त बैठकमा सहभागी हुन सभामुख घिमिरे ९ सदस्यीय टोलीको नेतृत्व गर्दै शुक्रबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।
सभामुखमा निर्वाचित भएपछि उनको यो पहिलो विदेश भ्रमण हो । सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार सभामुख घिमिरेले नेपालको तर्फबाट सो बैठकमा सम्बोधन गर्ने कार्यक्रम छ।
सभामुखको प्रतिनिधिमण्डलमा नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखक, नेकपा एमालेका राष्ट्रियसभा सदस्य इन्दु खकडरीया, नेकपा ९माओवादी केन्द्र० का प्रमुख सचेतक हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार तथा संसद् सचिवालयका महासचिव भरतराज गौतम र प्रतिनिधिसभाका सचिव गोपाल योगी सहभागी हुनेछन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण