खेलकुद
पीएनजीविरुद्ध बलिङ गर्दै नेपाल
सोमबार, २९ फागुन २०७९, ०९ : ००
काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गतको घरेलु मैदानमा जारी त्रिकोणात्मक सिरिजमा आफ्नो तेस्रो खेलमा नेपालले पपुवा न्यु गिनी (पीएनजी) विरुद्ध पहिले बलिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान रोहित कुमार पौडेयलले टस जितेर पहिले बलिङ रोजेका हुन् ।
पीएनजीले नेपालविरुद्ध केही बेरमा ब्याटिङ थाल्नेछ । सिरिजको दुई खेलमा सहज जित निकाल्दै एकदिवसीय मान्यता जोगाएको नेपाललाई आजको खेलमा सहज जित निकाल्ने मौका छ ।
आजको खेलमा सहज जित निकाल्न सकेमा नेपालले सोझै विश्वकप छनोट खेल्ने सम्भावनालाई कायम राख्नेछ । त्यसपछि नेपाललाई सिरिजको अन्तिम खेल जिते पुग्नेछ ।
लिग–२ मा नेपाल ३४ खेलमा ३६ अंक जोडेर चौथो स्थानमा छ । पीएनजीले ३४ खेलमा ११ अंक जोडेर अंक तालिकाको पुछारमा छ । नेपालले विश्वकप लिग–२ को अन्तिम खेलमा मार्च चैत २ मा यूएईसँग खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण